Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

शान्तिपूर्ण धर्नामाथि प्रहरीको आक्रमण

काठमाडौँ,जेष्ठ ३ गते संघीय गठबन्धनले आह्वान गरेको सिंहदरबार घेराऊको दोस्रो दिन सोमबार प्रहरीको आक्रमणमा परी गठबन्धनका दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएका छन् । 




प्रहरी लाठीचार्जले गम्भीर घाइते बनेका तीन जनालाई वीर अस्पतालको ट्रामा सेन्टर लगिएको छ ।

माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिइरहेका गठबन्धनका कार्यकर्ताहरुले बोकेको झन्डा र व्यानर प्रहरीले खोस्न खोजेपछि करिब सवा दश बजे झडप भएको छ । झडपमा प्रहरीले लाठी चार्ज गर्दा दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएको समाजवादी युवा फोरमका महासचिव अजयकुमार यादवले जानकारी दिए ।

शान्तिपूर्ण धर्ना बसिरहेका गठबन्धनका नेता तथा कार्यकर्तामाथि प्रहरीले बिना कारण अचानक आक्रमण गरेको यादवले बताए । युवा फोरमका केन्द्रीय सदस्य नितेश लिम्बूसहित गम्भीर घाइते भएका पाँच जनालाई अस्पताल लगिएको छ ।

त्यस्तै घाइते हुनेहरुमा संघीय प्रेस फोरमका सुकदेव चामलिङ, फोरम नेपालका केन्द्रीय सदस्य विष्णु जंग बस्नेत, राजेन्द्र खनाल, कृष्ण घलान, मजदूर नेता दयाराम राई, विद्यार्थी नेता दिपेश यादव, सुवास लाबू र फोरम नेपाल सप्तरीका जिल्ला सचिव शिवशंकर यादवमाथि लाठी चार्ज गरी प्रहरी घाइते बनाएको छ । प्रहरीको लाठी चार्जले माइतीघर मण्डलाको अवस्था तनावपूर्ण बनेपनि अहिले सामान्य छ । गठबन्धनको शान्तिपूर्ण धर्ना र प्रदर्शन भने जारी छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget