Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

आइएसद्वारा इराकी ग्यास कारखानामा हमला

इराक ,जेष्ठ ३ गते  । इस्लामिक स्टेट भनिने आइएस विद्रोही समूहका हमलाकारीहरुले उत्तरी बग्दादको ताजीस्थित सरकारी ग्यास कारखानाको एक प्रवेश द्वारमा तीनवटा कार बम विष्फोट गराएका छन्।



विष्फोट लगत्तै कम्मरमा विष्फोटक पदार्थ बेरेका बन्दूकधारीहरु कारखानाभित्र छिरेका थिए।

कम्तीमा १४ जनाको ज्यान गएको अनि २० जना घाईते भएको सुरक्षाकर्मीहरुले जनाएका छन् ।
तीव्र

छ जना हमलाकारीले ग्यास ट्यांकहरु विष्फोट गराएका थिए।

सुरक्षाकर्मीका अनुसार इराकी लडाकू विमानको सहयोगले ती हमलाकारीलाई पराजित गरिएको छ।

पश्चिमी तथा उत्तरी इराकका धेरै भूभागमाथि नियन्त्रण जमाएको आइएस ले पछिल्लो समय बग्दादमा आफ्ना हमला तीव्र पारेको छ।

बग्दादबाट २० किलोमिटर उत्तरमा बिहानको सबेरै गरिएको आईतबारको हमलाको जिम्मा उसले लिएको छ।

तीनवटा ग्यास ट्यांक विष्फोट गराएपछि आगोको मुस्लो निकै माथिसम्म पुगेको थियो।

हमलामा मारिनेहरुमध्ये कारखानाका मजदूर तथा सुरक्षाकर्मी रहेको बताइएको छ।

बीबीसीका अरब मामिला विश्लेषक सेबास्टियन अशरले इराक तथा सिरियामा हालसालै आइएसले केही विफलता भोगेपनि बग्दाद नजिकै उनीहरुले गरेको संगठित हमलाले सो समूहले तेर्स्याएको सुरक्षा जोखिम कायमै रहेको देखिएको बताएका छन्।

आइएसले बग्दादमै गरेको कार बम हमलामा ९३ जनाको ज्यान गएको चार दिन नवित्दै आईतबारको घटना भएको छ।

यसबीच इराक राजनीतिक संकटको चपेटामा परेको छ। विभिन्न राजनीतिक घटकहरुमाझ कायम मतभेदका कारण नयाँ क्याबिनेट बन्न सकेको छैन।

यो संकटले इराकी सरकारको आइएस विरुद्ध लड्ने क्षमताबारे प्रश्न उठाएको छ।  
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget