Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

राष्ट्रिय चलचित्र पुरस्कारः दयाहाङ र नम्रता उत्कृष्ट

  
चलचित्र विकास वोर्डले स्थापना दिवसको अबसरमा राष्ट्रपति भवनमा कार्यक्रम गरि वितरण गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा पुरस्कृत हुने फिल्म तथा फिल्मकर्मीहरुको नाम सार्वजनिक गरिएको छ । चलचित्र विकास वोर्डमा आयोजित स्थापना दिवस विशेष कार्यक्रममा विकास वोर्ड अध्यक्षराजकुमार राईले जुरीले छनोट गरेका ७ विधामा विजेताहरु तथा एक आदिवासी फिल्म र जुरीको तर्फबाट प्रदान गरिने विशेष पुरस्कार विजेताको नाम सार्वजनिक गरियो । 
 
पछिल्लो बर्ष २०७२ मा प्रदर्शित फिल्मबाट उत्कृष्ट फिल्ममा 'पशुपतिप्रसाद' परेको छ भने पशुपतिप्रसादबाट नै लेखनमा खगेन्द्र लामिछाने उत्कृष्ट बने । त्यस्तै सोहि फिल्मबाट उत्कृष्ट निर्देशकको पुरस्कार पनि दिपेन्द्र के खनालको पोल्टामा परेको छ ।  त्यस्तै उत्कृष्ट अभिनेतामा कबड्डी कबड्डी फिल्मबाट दयाहाङ राई परेका छन् भने अभिनेत्रीतर्फ क्लासिक फिल्मबाट नम्रता श्रेष्ठ उत्कृष्ट कहलिँदा छायाँकनमा 'ड्रिम्स'बाट सञ्जय लामा र पुरुषोत्तम प्रधानले पुरस्कार आफ्नो पक्षमा पारेका छन् । सम्पादन तर्फ 'क्लासिक' फिल्मबाट सुरेन्द्र पौडेल उत्कृष्ट कहलिएका छन् । आदिवासी जनजाती फिल्म तर्फ गुरुङ भाषाको फिल्म 'यम्फु देवराली' उत्कृष्ट बनेको छ भने जुरीले प्रदान गर्ने अधिकार पाएको विशेष पुरस्कारको हकदार नव निर्देशकमा भुवन केसी बनेका छन् ।
 
यसैबीच लाईफटाईम एचिभमेन्ट पुरस्कार नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई प्रदान गरिने भएको छ । भुषाललाई जनही ३ लाख ५१ हजार र सम्मान पत्रले सम्मानित गरिने भएको हो । बिहिबार साँझ ५ बजे राष्ट्रपति भवनमा आयोजना हुने विशेष कार्यक्रमका बीच उत्कृष्ट सबै बिधामा फिल्मकर्मीलाई राष्ट्रपति विधादेवी भण्डारीको हातबाट पुरस्कार प्रदान गरिनेछ । रमेश बुढाथोकी संयोजकत्वको लय संग्रौला, सरिता लामिछाने, मोहन निरौला, सुशिल पौडेल र करुण थापा सहितको निर्णायक टिमले बर्ष २०७२ मा प्रदर्शनमा आएका फिल्म मध्वेबाट उत्कृष्ट फिल्मको छनोट गरेको हो ।
 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget