Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

बन्दको आंशिक प्रभाव


नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओबादीले आब्हान गरेको बन्दको प्रभाब उपत्यका सहित मुलुकका अधिकांश स्थानमा आंशिक रुपले परेको छ ।
बिहानैदेखि उपत्यकामा सार्बजनिक तथा भाडाका सबारी साधन कम संख्यामा चलेका छन् । राजधानी भित्रने सबारी साधनको संख्या पनि न्युन रहेको प्रहरीले जनाएको छ । उपत्यकाका तिनवटै जिल्लामा सुरक्षा ब्यबस्था कडा पारिएको छ ।
यसैबीच, बन्द गराउदै हिड्ने ६५ जनालाई प्रहरीले राजधानीका बिभिन्न स्थानबाट पक्राउ गरेको छ । बन्दकर्ताले बिहानै गोंगबु र बानेश्बरमा २ बटा ट्याक्सीमा आगजनी गरेका छन् ।
बानेश्वर मिनभवन उकालो नजिक बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो  भने गोंगबुमा बा १ ज२८६ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो । ट्याक्सी चढेकाले मिनभवन उकालो नजिक पुगेपछि पेट्रल छर्किएर आगोलगाइ भागेको प्रहरीले जनाएको छ ।
 
यस्तै,  बन्दकर्ताले चितवनबाट औषधि बोकेर काठमाडौ आउदै गरेको एउटा ट्रकमा आगजानी गरेका छन् । तनहुँमा पनि एउटा ट्रकमा आगजनी गरिएको छ ।
विहान साँढे पाँच बजे भैरहवाबाट सिमेन्ट लिएर बन्दीपुर आउदै गरेको ट्रकमा बन्दीपुर नगरपालिका ५ मा आगजनी गरिएको प्रहरीले जनाएको छ ।
सदरमुकाममा जवरजस्ती बन्द गराउँदै हिड्ने ६ जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बन्दका क्रममा सवारी साधनमाथि आगजनी र तोडफोड गरेपछि चितवनबाट तीन जना नेतालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार पूर्वी चितवनको रत्ननगरमा ट्रकमा आगजनी गरेको अभियोगमा रमेश लामिछाने र डायमण्ड तामाङलाई पक्राउ गरिएको छ ।

तराईका सुकुम्बासीहरुलाई सरकारले दमन गरेको विरोधमा नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओबादीले वन्दको आव्हान गरेको हो ।
 
यसैबीच कास्कीको लेखनाथमा कुकर बम फेला परेको छ । लेखनाथको मजुवा र लामेआलको बिचमा बम राखेको प्रहरीले जानकारी दिएको छ । कुुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । पोखराबाट कालिभञ्याङ गण र सिद्धिबक्स गणबाट गएको टोलीले बमलाई डिस्पोज गरेको प्रहरीले जनाएको छ । पृथ्वीराजमार्गको करिब १० मिटर तल बम फेला परेको थियो । प्रहरीले बन्द कर्ता नेकपा माओवादीले राखेको हुन सक्ने बताएको छ ।
 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget