Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

ढाका आक्रमणमा २० जना विदेशी मारिए, सबै नेपाली सुरक्षित

ढाकाको कुटनीतिक क्षेत्रमा रहेको एउटा बेकरीमा शुक्रबार राति बन्दूकधारीहरुले गरेको आक्रमणपछि सेनाले गरेको अपरेसनका क्रममा २० जना बन्धक र दुई सुरक्षाकर्मीको मृत्यु भएको बंगलादेशको सेनाले जनाएको छ। बन्धक प्रकरण शनिबार बिहान बल्ल सकिएको थियो। ज्यान गुमाउने सबै बन्धकहरु विदेशी भएको भनिए पनि परिचय खुलाइएको छैन।आक्रमणकारीहरुले बन्दूक, विस्फोटक पदार्थ र घरेलु हतियार प्रयोग गरेको बंगलादेशी सेनाका ब्रिगेडियर जनरल नइम अस्फाक चौधरीले बताए। 
बन्धकहरुको शव बन्धक प्रकरण सकिएपछि बल्ल फेला परेको थियो। अपरेसनका क्रममा ६ जना बन्दूकधारीहरुको पनि ज्यान गएको छ। एक जनालाई भने जिउँदै पक्राउ गरिएको छ।  सेनाले १३ जना बन्धकको उद्दार गरेको थियो जसमध्ये एक जापानी नागरिक र दुई श्रीलंकाका नागरिक छन् 

प्रत्यक्षदर्शीहरुलाई उद्‍धृत गर्दै सिएनएनले जनाए अनुसार होली आर्टिसन बेकरीमा शुक्रबार साँझ एक्कासी ६ देखि ८ जना बन्दूकधारी प्रवेश गरेका थिए। उनीहरु हावामा बन्दूक पड्काउँदै भित्र छिरेका थिए। सुरुमा उनीहरुले कसैलाई गोली हानेका वा पिटेका थिएनन्। क्याफेका ग्राहकहरु सबै कुर्सी र टेबलमुनि सुतेका थिए। यही क्रममा कोही भाग्न भ्याए। कोही छततिर लागे कोही अर्कैतिर।  एकैछिनमा उनीहरुले विस्फोटक पदार्थहरु एकपछि अर्को गर्दै फ्याँक्न थाले।  अल्लाहु अकबर भन्दै उनीहरुले पुलिसहरुमाथि गोली चलाउन र विस्फोटक पदार्थ फ्याँक्न थाले।

नेपाली सुरक्षित

आक्रमण भएको ठाउँ नेपाली दूतावासभन्दा करिब एक किलोमिटर टाढा भए पनि ढाकामा रहेका सबै नेपाली सुरक्षित रहेको र आक्रमणका क्रममा कुनै नेपाली सो ठाउँमा रहेको रिपोर्ट प्राप्त नभएको दूतावासका चार्ज डे अफेयर्स सुशील लम्सालले पहिलोपोस्टलाई बताए। उनका अनुसार नेपाली दूतावासले घटनालाई नजिक रहेर अनुगमन गरिरहेको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget