Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]
राजविराज, ११ साउन । सप्तरीका छुट्टाछुट्टै घटनामा परी सोमबार एक बालिकासहित तीनजनाको ज्यान गएको छ । खेतमा हलो जोत्नेक्रममा बेहोस भएर दुईजना कृषकको मृत्यु भएको छ । 

जिल्लाको सिसुवाबेल्ही गाविस–४ मा स्थानीय ३८ वर्षीय चतुरनारायण मण्डल आफ्नै खेतमा हलो जोतिरहेको अवस्थामा अचानक बेहोस भई लडेर मृत्यु भएको उनका परिवारजनले जनाएका छन् । 

यस्तै, मधुपट्टी गाविस–९ मा पनि खेतमा हलो जोतिरहेका ६० वर्षीय कृषक सकुन्तलाल चौधरीकोे बेहोस भएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

आफ्नै खेतमा हलो जोत्दाजोत्दै अचानक लडेर बेहोस भएका उनीहरु दुवैजनालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउने क्रममा बीचबाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै, सप्तरीकै मधुपट्टी गाविस–९ मा झुन्डिएर एक युवतीले आत्महत्या गरेकी छिन् । मृत्यु हुनेमा सोही ठाउँका सिबु साहकी १६ वर्षीया छोरी अन्जना साह रहेको प्रहरीले जनाएको छ । 

अन्जनाले सोमबार आफ्नै घरमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी हुन् । कुन कारणले आत्महत्या गरेको खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget