Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउने संकेत

भारतीय विदेश मन्त्रालयले राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुन सक्ने संकेत गरेको छ । भ्रमण गराउन चाहने मुलुकको गृहकार्यमा नै भ्रमण निर्धारण हुने बुझाइ भारतीय विदेश मन्त्रालयको छ ।
नेपाल र भारतबीच उच्च राजनीतिक भ्रमण आदानप्रदानका लागि आफूहरू सधैं खुला रहेको मन्त्रालयको भनाइ छ । विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा राष्ट्रपति मुखर्जीको सम्भावित नेपाल भ्रमणका सम्बन्धमा सोधिएको प्रश्नमा प्रवक्ता विकास स्वरूपले भारत सधैं उच्च राजनीतिक भ्रमण आदानप्रदानका लागि खुला रहेको बताए ।
‘भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणबारे प्रस्ताव प्राप्त भएमा त्यसलाई निश्चित रूपमा नै उचित ढंगले विचार गरिनेछ,’ स्वरूपले भने । तर, भ्रमणबारे भइरहेका पहलबारे भने उनले विस्तृत जानकारी दिएनन् ।
नेपालले यसअघि नै भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिइसकेको छ। तर, भारतले त्यसको ठोस जवाफ दिएको छैन । सन् १९९७ यता कुनै पनि भारतीय राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन् ।
आगामी बर्ष भारतीय राष्ट्रपति मुखर्जीको कार्यकाल सकिने भएकाले पनि यसैबर्ष भ्रमणको तयारी भइरहेको जनाइएको छ । अघिल्लो महिना भारत भ्रमणमा आएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले यसबारे कुराकानी भइरहेको बताएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget