Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

निर्माण पुरा भएको दुई महिनामै पुष्पलाल चौक सडक भत्कियो


विराटनगर । एसियाली विकास वैकको सहयोगमा निर्माण भएको पुष्पलाल चौकदेखी भटा चौकसम्मको सडक भत्किएको छ । निर्माण पुरा भएको केही महिना वित्न नपाउदै सडक भत्किएको हो । निर्माण सामाग्री कमसल प्रयोग गरेकै कारण सडक भत्किएको छ । एशियाली विकास वैकको  २ अरव ४२ करोड अनुदान सहयोगमा विराटनगरमा एकीकृत शहरी वातावरणीय सुधार परियोजना अन्तरगत कालीका कन्ट्रक्सनले उक्त सडक निर्माण गरेको हो । सडक भत्किदै गएपछि स्थानीयबासीहरु आक्रोसित बन्दै विरोधमा उत्रिएका छन । सडकको निर्माण कार्यलाई सूचारु गर्न नदिने उनीहरुले जनाएका छन ।


 नगरको छुट्टै पहिचान बोक्ने भनिएको उक्त सडक खण्डको तीन किलो मिटर सडकमा तामझाँम सहित वृक्षारोपण समेत गरिएको थियो । हजारौ स्थानीयबासी सडक गुणस्तरीय भएकैले हरियाली बनाउने अभियानमा सहभागि थिए । तर केही दिनदेखी परेको अविरल बर्षाले सडकको विच खण्ड ठाउँ ठाउँमा फुटेर काम नलाग्ने अवस्थामा पुगेको छ । उप महानगरपालिकाले राम्रोसंग सुपरिवेक्षण नगरेको भन्दै स्थानियले गलत कामको आलोचना समेत गरेका छन् । सडका विषयमा नेपाली कांग्रेस विराटनगरका नगर सभापती  भीम पराजुली खुलेरै विरोधमा उत्रिएका छन् । सडककै विषयमा  संयुक्त टोल संगठनका अध्यक्ष राजेश मास्के ,समाजसेवी राजन भट्टराई,शिखर पोखरेल,नगर सभापति भीमपराजुली र स्थानियहरुले स्थलगत अनुगमन गरेका छन् ।  उपमहानगरपालिका क्षेत्रको ढल र पानी निकासका लागि शुरु गरिएको एकीकृत शहरी वातावरणीय सुधार परियोजना अन्तर्गत पुष्पलाल चोकदेखि पानीटंकीसम्मको ३ किलोमिटर बाटो, नगरक्षेत्रका मुख्य सडक क्षेत्रमा नाला तथा ढल निर्माण, जतुवा र रानीमा ढलको पानी प्रशोधन गर्न प्रशोधन केन्द्र निर्माण लगायतका कामहरु भइरहेका छन् ।



नगरका विभिन्न भागमा वनेका होमपाइपहरु भासिएका छन् भने कतिपय स्थानमा सडकहरु भत्किन थालेका छन् । एशियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकार र विराटनगर उपमहानगरपालिकाको आन्तरिक स्रोत समेत गरी परियोजना अन्तर्गत ६५ किलोमिटर सडक सुधार, ६२ किलोमिटरमा ढल निर्माण र ३२ किलोमिटर नाला निर्माण गरिदैछ । जतिपनि नाला र ढल निर्माण भैरहेको छ प्राय कमसल रहेको अनुमान गरिन थालिएको छ । निर्माण कार्यको ठेक्का लिएको कालिका कन्ट्रक्सन प्रालिले कतिपय स्थानमा गरेका कामहरु कमसल र कमजोर भएको स्थानियहरुले आरोप लगाएका छन् । शहरी विकास महाशाखा प्रमुख   भरत न्यौपाने भने काम कमसल नभएको दावी गरे । र्कही प्राविधिक त्रुटी भएकाकारण सडक भत्किन पुगेको न्यौपानेले बताए  । चारमहिना अघिमात्र २५ एम।एमको पिच गरिएको पुष्पलालचोक –भट्टाचोक झण्डै चारकिलोमिटर सडकका दर्जनौ स्थानमा प्वाल परेको ,भासिएको पाइएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget