Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

सहमतीय सरकार गठनको पहल गर्ने जिम्मा प्रचण्डलाई दिने माओवादी निर्णय

सत्तारुढ नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमाथि प्रश्न उठाएको छ । र, नयाँ सरकार गठनको प्रयास सुरु गर्ने संकेत दिएको छ ।
माओवादी केन्द्रको केन्दीय कार्यालयको शनिबार बसेको बैठकमा सरकारबारे छलफल भएको हो । माओवादीले गत वैशाखमा भएको एमाले र माओवादीबीच भएको नौबुँदे सहमति कार्यान्वयन गर्न सरकारले ध्यान नदिएको आरोप लगाएको छ ।
उसले अब एमालेसँग वार्ता गर्ने भन्दै त्यसको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ । ‘नौबुँदेका धेरै विषय कार्यान्वयन भएको छैन । र भद्र सहमतिका कुरा पनि छन्’ माओवादी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरसँग भनिन् ।
उनले अघि भनिन्, ‘मधेसी र जनजातिका मुद्धा सम्बोधन गर्ने र राष्ट्रिय सहमतिको सरकार गठनका लागि पनि पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।’
माओवादीले बजेट पासभएपछि प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको दाबी गर्दै आएको छ । तर, प्रधानमन्त्री स्वयंमले भने यसलाई अस्वीकार गर्ने गरेका छन् ।
माओवादीले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने र संविधान कार्यान्वयन आफ्नो प्रमुख एजेण्डा भएको भन्दै राष्ट्रिय सहमतिको सरकारमा जोड दिएको छ । यद्यपि माओवादीले राष्ट्रिय सहमतिको सरकार ओलीकै नेतृत्वमा बन्न सक्ने पनि बताएको छ । ‘सहमतिको सरकार एमालेको नेतृत्वमा पनि बन्न सक्छ’ उसले भनेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget