Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

नेपाली विद्यार्थीले बनाए भूकम्प संकेतक यन्त्र

भूकम्प भनेपछि सबैको होस उड्छ । गत वर्षको वैशाख महिनामा गएको भुकम्पले ८ हजार बढीको ज्यान लिएपछि धेरै नेपाली अझै त्रासबाट उम्किन सकेका छैनन् ।
भुकम्पको सानो कम्पन आउँदा पनि घर वाहिर निस्कने बानी धैलाई परेको छ । आमनेपालीहरु भूकम्पबाट त्रसित बनिरहेका बेला विद्यार्थीहरुले भूकम्पको रेक्टर नाप्ने साइरन विकास गरेका छन् ।
पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले ५ रेक्टर स्केलभन्दा ठूलो भूकम्प आउँदा त्यसको जनाउ दिने खालको साइरन बनाएका हुन् । ५ रेक्टर स्केलभन्दा ठूलो भूकम्प आउँदा आफैं बज्ने साइरन पुल्चोक इन्जिनियरिङ क्याम्पसको हातामा जारी १३ औं लोकस राष्ट्रिय प्रविधि महोत्सवमा प्रदर्शनीमा राखिएको छ ।
भूकम्प व्यवस्थापन आपतकालीन सेवा शिर्षकमा विद्यार्थीहरु विराट पोखरेल, अरुण दाहाल, फणिन्द्र सापकोटा र सिजन देवकोटाले  उक्त साइरन बनाएका हुन् ।
पुल्चोक क्याम्पसका विद्यार्थीहरुले सडकमा नबसी ट्राफिक व्यवस्थापन गर्न सहयोग गर्ने यन्त्र समेत बनाएका छन् । विद्यार्थीहरु सुवास तिमल्सिना, त्रिविक्रम पन्थी, प्रेम पाण्डे र नेहा काहीवोयाले ट्राफिक प्रहरीले सीसीटिभी हेरेर ट्राफिक व्यवस्थापन गर्ने यन्त्र बनाएका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget