Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

फ्रान्समा लरीले किच्दा ८४ को मृत्यु


फ्रान्सको दक्षिणी शहर निसमा बास्टिल डे अर्थात राष्ट्रिय दिवस मनाइरहेका मानिसहरुको भीडमाथि एउटा लरी गुडाइँदा मृत्यु हुनेको संख्या ८४ पुगेको छ । दिवसमा आयोजित आतिशबाजी प्रदर्शनपछि भएको उक्त घटनामा अरु सयौँ घाइते भएका छन् ।
आक्रमणमा परेका १८ जनाको अवस्था गम्भिर रहेको छ । मृत्यु हुनेमा धेरैजसो बालबालिका रहेका छन् ।
सुरक्षा कारबाहीमा लरी चालक मारिएका छन् र लरीमा बन्दुक तथा ग्रिनेड फेला परेको अधिकारीहरुले बताएका छन् ।
समाचार संस्था एएफपीका अनुसार उक्त लरी मानिसहरुको ठूलो भीडमा दुई किलोमिटरसम्म गुडेको थियो ।
राष्ट्रपति फ्रन्स्वा होल्याण्डले आक्रमण आतंकवादी प्रवृतिको भएको बताएका छन् ।
साथै उनले फ्रान्सभर थप ३ महिनाका लागि संकटकालको घोषणा गरेका छन् ।
अधिकारीहरुले त्यसलाई आतंकवादी आक्रमण भन्दै स्थानीय बासिन्दाहरुलाई घरभित्रै बस्न भनेका छन् । मृतकहरुको सम्झनामा स्टे डि फ्रान्समा १ मिनेट मौनधारण गरिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा विदेश मन्त्री जोन केरी, युरोपियन युनियनका अध्ययक्ष डोनाल्ड टक्स, चीनियाँ प्रधानमन्त्री लि खच्याङ, जापानका प्रधानमन्त्री सिन्जो अवे लगायतका विश्वभरका नेताहरुले आक्रमण आतंकवादी भएको भन्दै घटनाको निन्दा गरका छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget