Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

सहमतीय सरकार गठनको प्रक्रिया


राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान गरेपछि आजदेखि सहमतीय प्रक्रिया सुरु हुने भएको छ । आज बस्ने व्यवस्थापिका संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको पत्रको जानकारी दिएसँगै सरकार गठनको सहमतिय प्रक्रिया सुरु हुनेछ ।

हिजो राष्ट्रपति भण्डारीले ७ दिन भित्र सहमतीय सरकार गठन गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको थियो । विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले सहमतिय सरकार गठन गर्नका लागि संसदमा रहेका राजनितिक दलहरुलाई आग्रह गर्नुभएको हो । राष्ट्रपति भण्डारीले धारा २९८ को उपधारा २ अनुसार सात दिनभित्र सहमतीय सरकार गठनको आहृवान गर्नुभएको हो ।

राष्ट्रपति दिएको ७ दिनको समयमा सरकार गठन हुन नसके बहुमतिय प्रक्रिया सुरु हुनेछ । व्यवस्थापिका संसदको बैठक आज बिहान ११ बजे बोलाइएको छ । सहमतीय सरकार गठन हुने सम्भावना भने नरहेको नेताहरुले बताएका छन् । औपचारिकताका लागि मात्रै यो आह्वान भएकाले सहमतीय सरकार गठनको सम्भावना नभएको नेताहरुले बताएका हुन् । संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र तेस्रो दल नेकपा माओवादी केन्द्रबीच सरकार गठनको सहमति भइसकेकाले अब सहमतीय सरकारको सम्भावना न्युन रहेको हो ।

राप्रपा केन्द्रीय समिति बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको बैठक आज बस्ने भएको छ । परिवर्तित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न राप्रपा—नेपालको बैठक बस्न लागेको नेता दिलनाथ गीरीले जानकारी दिनुभयो । दिउँसो १ बजे बस्ने बैठकमा अब बन्ने नयाँ सरकारमा पार्टीको भुमिका के रहने भन्नेबारेमा गम्भीर छलफल हुने नेताहरुले जनाएका छन् ।

त्यस्तै बैठकमा राप्रपासंगको पार्टी एकीकरणका विषयमा सदस्यहरुले आआफ्नो धारणा राख्ने कार्यसुची रहेको छ । पार्टी एकीकरणका लागि कार्यदल बनाएर छलफल चलाएको थियो । बैठकमा कार्यदलले गरेको छलफलबाट उठेका विषयबस्तुहरुमा पनिकुरा हुने नेताहरुले जनाएको ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget