Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

नेपालका सरकारी कर्मचारीलाई पढाउन जापानबाट साढे ३० करोड सहयोग

 सरकारी कर्मचारीहरुको छात्रवृत्तिका लागि जापानले नेपाललाई ३० करोड ६० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालय र जापानी दूतावासबीच शुक्रबार अनुदान सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार सरकारी कर्मचारीहरुले निश्चित प्रक्रिया पूरा गरी जापानमा गएर स्नातकोत्तर तह अध्ययन गर्न पाउने छन् । जापानी सहयोगमा एक सय जना सरकारी कर्मचारीहरुले आर्थिक नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, औद्योगिक विकास नीति तथा कानूनी र न्यायिक प्रणाली विषयमा अध्ययनको अवसर पाउने छन् ।
अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र नेपालका लागि जापानी राजदूत मासासी ओगावाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । जापानले दिएको अनुदानबाट हरेक वर्ष २० जना कर्मचारीलाई छात्रवृत्ति उपलब्ध गराउने अर्थ मन्त्रालयले जनाएको छ ।
अनुदान रकम एक कर्मचारीका लागि ३० लाख ६० हजार १ सय ८० रुपैयाँका दरले खर्च हुने छ । छात्रवृत्ति, हवाइ भाडा र जापानमा बस्दा लाग्ने सबै खर्च अनुदान रकममा समावेश गरिएको जापानी दूतावासले जनाएको छ । जापानले मानव स्रोत विकास छात्रवृत्ति परियोजना अन्र्तगत नेपाललाई छात्रवृत्ति दिने भएको हो ।
कर्मचारीका लागि जापानबाट छात्रवृत्ति पाउने नेपाल १५ औं मुलुक हो । जापानले १६ वर्ष पहिले उज्वेकिस्तान र लाओसलाई यो छात्रवृत्ति उपलब्ध गराएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget