Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

पहिरोले घर पुरिँदा एकै परिवारका तीनको मृत्यु



मकवानपुरको भीमफेदी–५ सोलुभन्ज्याङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । आज बिहान करिब ४ बजेतिर माथिबाट खसेको पहिरोले घर पुरिएको हो । भीमफेदी–५ सोलुभन्ज्याङकी मनमाया स्याङतान घर पहिरोले पुरिँदा उहाँका छोरी–ज्वाइँ र नातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मनमायाका ज्वाइँ २५ वर्षीय टेकवहादुर रुम्वा, २३ वर्षीय छोरी पार्वती रुम्वा र ५ वर्षीय नाती विकास रुम्बा रहेको प्रहरीले जनाएको छ । छोरी ज्वाइँ र नातीलाई घरमा सुताएर आफू अर्को घरमा सुतेकाले मनमाया भने बाँच्न सफल भएकी  भएको बताइएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक बासुदेव थापाको नेतृत्वमा गएको प्रहरी टोलीले पहिरो पन्छाएर मृतकको शव बाहिर निकालेको  छ ।

पहिरोले १ जनाको मृत्यु, ७ घर पुिरए

पाल्पाको झुम्सामा आज बिहान आएको पहिरोले घर पुरिँदा परी एक बालिकाको  मृत्यु भएको छ । दोभान–५ पानी मिलनिरको झुम्सामा माथिबाट खसेको पहिरोले पुरिएर तिलोत्तमा उच्च माविको कक्षा ९ मा पढ्ने अस्मिता बिकको मृत्यु भएको हो ।

पहिरोले ७ घर पुरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ घरभित्रै पुरिएको अवस्थामा अस्मिताको शव निकालेको दोभान प्रहरी चौकीले जनाएको छ । बिहान पौने ५ बजे नै पहिरो खसेपछि त्यहाँ भागदौड मच्चिएको थियो । पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पाको बाटो पनि अवरुद्ध भएको छ ।

यसैबिच पाल्पाकै गोठादीमा गएको पहिरोमा पुरीएर ३ जनाको मृत्यु भएको बताइएको छ । अहिले प्रहरी घटना स्थलमातर्फ जादैँ गरेको र आधिकारीक रुपमा जानकारी आउन बाँकी रहेको छ ।

सडक अवरुद्ध

हिजो बेलुकादेखि परेको अबिरल वर्षाका कारण कास्कीको घट्टेखोला र फेदीमा पहिरो खस्दा पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । आज  बिहान साढे ४ बजे सडकमाथिको भिरबाट लेदो माटो खसेर बाटो अवरुद्ध भएको हो ।

बाटो अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरु बिच बाटोमै रोकिएका छन् । अहिले डोजर लगाएर पहिरो हटाउने प्रयास भइरहेको छ । पहिरो हटाउन प्रहरी निरीक्षक मोहनबहादुर खाँणको नेतृत्वमा २० जनाको प्रहरी टोली खटिएको छ ।
यसैबिच यतापहिरो जाँदा पासाङल्हामु राजमार्ग पनि अवरूद्ध भएको छ । खोपाङको भिरमा पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीका अनुसार बाटो खुलाउने प्रयास भइरहेको छ । सडक खुल्न केही समय लाग्ने उहाँले बताउनुभयो । वर्षा सुरू भएसँगै दैनिक जसो सडक अवरूद्ध हुने गरेको बताइएको छ ।



पर्वत, स्याङ्जा र गुल्मीको सीमानामा रहेको सेतीवेनी बजारका बासिन्दालाई स्थानीय प्रसासनले हिजो नै सुरक्षित रहन आग्रह गरेको थियो ।, कालीगण्डकी र मोदीखोलाको तटिय क्षेत्रमा उच्च जोखिम रहेको स्थानीय प्रसासनले जनाएको छ । कालिगण्डकी र मोदीखोलामा वाढि आएका कारण तटिय क्षेत्रमा तिव्र कटान भैरहेको छ । वस्तीहरु क्टान गर्ने खतरा रहेकाले उच्च सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

सडक पहिरोले अवरुद्ध

सोमबार राती देखि भीषण वर्षा भैरहेको छ । वर्षाका कारण पहिरो जाँदा नाग्लीवाङ र धाईरिङको सीमानामा पर्ने फर्सेमा पहिरो खसेर मालढुङगा बेनी सडक खण्ड अवरुद्ध भएको छ ।  फर्सेमा विहान ७ बजेतिर पहिरो झरेको हो । पहिरोले सडक पुरिएपछि यात्रुहरु बाटोमै अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक पातलीले जानकारी दिनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget