Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

नुहाउँदै फिल्म हेर्दै, यी हुन् दुनियाका सबैभन्दा अनौठा फिल्म हलहरु

मानिसहरुलाई फिल्म देखाएर मनोरञ्जन प्रदान गर्ने फिल्म हलहरु पछिल्लो समयमा निकै आधुनिक तथा सुविधासम्पन्न बन्दै गएका छन् । हुँदाहुँदा नुहाउँदै फिल्म हेर्दै गर्न पाइने फिल्म हल पनि बनेका छन् दुनियामा । नुहाउँदै फिल्म हेर्न पाउने लगायत दुनियाका केही विशेष खाले फिल्म हल यस्ता छन्ः
१. बेलायतको लण्डनस्थित हट ट्युब सिनेमाको नाट्यशाला टब बनाइएको छ । उक्त टबमा टन्न पानी भरिएको हुन्छ । उक्त पानीमा डुबुल्की मार्दै तथा नुहाउँदै तपाइँ साथीसँगै बसेर फिल्म हेर्न सक्नुहुन्छ । त्यहाँ फिल्म हेर्दै टन्न सोमरसपान पनि गर्न पाइन्छ ।
२.फिलिपिन्सको न्युपोर्ट सिटीस्थित न्यूपोर्ट अल्ट्रा सिनेमा लग्जरी थिएटरको रुपमा रहेको छ र पूर्णतया थ्री डी प्रविधिमा आधारित छ । ८० जना दर्शकको क्षमता रहेको उक्त हलमा धेरैजसो जोडी नै जान्छन् । जहाँ गोपनीयताको पूर्ण ख्याल गरिन्छ ।
३.ग्रिसको ओलम्पिया थिएटरमा दर्शकहरुलाई भव्य ओछ्यानमा सुतेर फिल्म हेर्ने मौका मिल्दछ । हरेक ओछ्यानमा २ जना सुत्न पाउँछन् । सन् १९१० मा आर्किटेक्ट स्ट्याबरोस क्रिस्टिडिसले यो थिएटरकोे डिजाइन गरेका थिए । वर्तमान थिएटरको डिजाइन भने सन् १९५० मा गरिएको हो ।
४.पेरिसको मूभी थिएटर पनि दुनियाको खास थिएटरको रुपमा मानिन्छ । यसमा डुंगाजस्तै सिट व्यवस्थापन मिलाइएको छ । यो थ्री डी हल हो । कुनैपनि मूभी हेर्नु पहिले दर्शकलाई चश्मा पहिराइन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget