Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

काष्ठमण्डपको पुनर्निर्माणको टेण्डर असारपछि मात्रै

काठमाडौंको महत्वपूर्ण पुरातात्विक र ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणमा लागि असार महिनापछि मात्रै टेण्डर आह्वान हुने भएको छ ।
पुनर्निर्माणका लागि आवश्यक पूर्वाधार र मापदण्डबारे पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र परमर्शदातृ निकायबीच सहमति भएपछि टेण्डरको तयारी गरिएको हो ।
काष्ठमण्डपको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं महानगरपालिकालाई टेण्डर निकाल्न पुरातत्व विभागले स्वीकृति दिएको छ । अब यसको औपचारिक पुनर्निर्माणको काम असोजपछि मात्रै सुरु हुनसक्ने देखिएको छ । निर्माण सुरु भएको दुईदेखि तीन वर्षमा पुनर्निर्माण सक्ने महानगरपालिकाको लक्ष्य छ ।
पुरातत्व विभागले काष्ठमण्डपको पुनर्निर्माणका लागि आधिकारिक ‘ड्रोइङ र डिजाइन’ महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।
पर्यटकीय महत्वको सम्पदा समेत मानिने काष्ठमण्डप बनाउन लाग्ने लागतबारे पुरातत्व विभागले जानकारी गराएको छैन । महानगरपालिको काष्ठमण्डप पुर्निर्माणका लागि पहिलो चरणमा ३ करोड रुपैयाँ छुट्याएको छ । बाँकी रकम निर्माण गर्दैगर्दा पछिल्ला वर्षहरुमा व्यवस्था गरिनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget