Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

नेपालको दोस्रो जित

.ईङल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले दोश्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । गएराति सम्पन्न दोश्रो अभ्यास खेलमा ईण्डियन जिमखानालाई २० रनले हराउदै दोश्रो अभ्यास खेल पनि आफ्नो पक्षमा पारेको हो ।
जितका लागि १ सय ६३ रनको चुनौती पच्छ्याएको ईण्यिडयन जिमखाना क्लबले २० ओभर पुरै खेल्दै सबै विकेट गुमाएर १ सय ४२ रनमात्र बनाउन सक्यो । उसका पुनेट मेहराले सर्बाधिक ४७ रन बनाएपनि टोलीको हार भने टार्न सकेनन् । नेपाली बलरसामु खुलेर खेल्न नसकेको ईण्डियन जिमखानालाई कम स्कोरमा रोक्ने क्रममा बिक्रम शोब, करण केसी, सागर पुन र शक्ति गौचनले समान २ विकेट लिए ।
पारस खड्काको नाममा १ विकेट रह्यो । यसअघि घरेलु मैदानमा जिमखानाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको नेपाली राष्ट्रिय टोलीले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतीमा १ सय ६२ रनको उच्च योगफल तयार पारेको थियो ।
ओपनर ज्ञानेन्द्र मल्लले ३८ रन बनाएको नेपाली ईनिङसमा सागर पुनले सबर्बाधिक ५६ रन बनाए । पारस खड्काले १५ र राजेश पुलामी मगरले १३ रन बनाए । राजु रिजाल २४ रनमा नटआउट रहे । नेपाली टोलीले तेश्रो अभ्यासमाखेलमा आज स्ट्यानमोर क्रिकेट क्लबसंग प्रतिस्पर्धा गर्नेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget