Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

देशभरी वर्षा, धेरै ठाउँ डुवानमा उद्धारका लागि हेलिकप्टर जाने



केहिदिन देखि परेको अबिरल वर्षाका कारण देशभरीका नदीहरुमा पानीको सतह बढेपछि धेरै स्थानहरु डुबानमा परेका छन् । तिब्बती क्षेत्रबाट आएको वायुको ठूलो ढिक्काका कारण केही दिन अझै नेपालको पश्चिमी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको मौषमविदहरुको अनुमान छ ।

बर्षाका कारण बाढी, पहिरो र डुबानको समस्या हुनसक्ने भन्दै मौसमबिद्ले सचेत रहन आग्रह समेत गरेका छन् । एक हप्तायता लगातार वर्षा हुँदा पूर्वदेखि पश्चिमका सबै भागमा असर परेको छ । अहिले ललितपुरको खोकनामा बागमती, झापामा कन्काई र सिन्धुपाल्चोकमा भोटेकोशीमा पानीको सतहले चेतावनी तह पार गरेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले जनाएको छ । यस्तै कन्काई, कोशी, बागमती, नारायणी, तिनाउ र कर्णालीमा पनि पानीको सतह बढिरहेको शाखाले जनाएको छ ।

नदीको तटीय क्षेत्र तथा विशेषगरी तराईका बासिन्दालाई  आज दिनभरी नै उच्च सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ । यस्तै नदी जलाधारका पहाडी क्षेत्रमा तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । नेपालको वायुमण्डलबाट मनसुनि वायुको रेखा दक्षिणतिर सरेको र त्यसका स्थानमा तिब्बतबाट अर्को वायुको ठूलो ढिक्का नेपाली वायुमण्डलमा  प्रवेश गरेकाले केहीदिन लगातार भारी वर्षा हुने अनुमान गरिएको छ ।

यसैबिच— लगातारको बर्षाका कारण डुवानमा रहेका तराईका बस्तीहरुमा उद्धारका लागि आज हेलिकप्टर पठाइने गृहमन्त्रालयले जनाएको । गृहमन्त्रालयका प्रवक्ता यादव प्रसाद कोइरालाले हिजो मौषममा समस्या आएकाले आज मौषममा परिवर्तन आएसंगै उद्धारका लागि हेलिकप्टर पठाइने बताउनुभयो । नेपालवाणीसंग कुरागर्दै उहाँले झापाको कन्काई, तथा सप्तकोशीबाट प्रभावित स्थानियको उद्धारमा २४ घण्टा सुरक्षाकर्मि खटाउन स्थानिय प्रशासनलाई निर्देशन दिएको बताउनुभयो । त्यस्तै सम्भावित जोखिमयुक्त स्थानहरुमा सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको जानकारी दिनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget