Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

बजेट कार्यान्वयनमा समस्या नहुने


आगामी वर्षमा कर उठाउनेलगायत बजेट कार्यान्वयनमा समस्या नहुने भएको छ ।
सरकार फेरबदलको विषयमा व्यवस्थापिका संसदमा देखिएको गतिरोधले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित नभए पनि रकम खर्च गर्नका लागि विनियोजन विधेयक संसदले पारित गरी हिजो राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रमाणीकरण भइसकेकोले बजेट कार्यान्वयनमा समस्या नहुने भएको हो ।
कर उठाउनका लागि अर्थ विधेयक पास नभए पनि सामयिक कर असुली ऐन २०१२ अनुसार काम भइरहेकाले राजस्व उठाउन समस्या हुने छैन । सँगै पास हुन बाँकी राष्ट ऋण उठाउने विधेयकअनुसार तत्काल ऋण उठाउन सरकारलाई आवश्यक नरहेकाले बजेटलाई कुनै असर नपर्ने भएको हो । सरकार फेरबदलको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सरकारको समर्थन फिर्ता लिएको दल माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरी बजेट कार्यान्वयन हुन नदिने बताएपछि बजेट कार्यान्वयनमा समस्या उब्जिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget