Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी



राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले पठाएको सिफारिसका आधारमा नेपालको संविधानको धारा ३०५ बमोजिम उहाँले बाधा अड्काउ फुकाउ आदेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधानमा अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ परेकाले संविधानको धारा २९८को उपधारा (२) वा (३) बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिने गरी सो आदेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा २९८ मा सङ्क्रमणकालीन मन्त्रिपरिषद्सम्बन्धी व्यवस्था रहेको, सोही व्यवस्था बमोजिम व्यवस्थापिका–संसद्बाट वर्तमान प्रधानमन्त्री निर्वा्चित भई निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन भएकामा धारा २९८ को उपधारा (८) बमोजिम वर्तमान प्रधानमन्त्रीले राजीनामा दिनुभएको तर अर्को प्रधानमन्त्री निर्वा्चित हुने स्पष्ट व्यवस्था उक्त धारामा नरहेका कारण अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ फुकाउ जारी गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैबीच
राष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक परिस्थितिका बारेमा परामर्श गर्न प्रमुख तीन दलका शीर्ष नेतालाई बोलाउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका सम्बन्धमा छलफल गर्न राष्ट्रपति भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओली र नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाउनुभएको हो ।
अहिले केहीबेरमा राष्ट्रपति भवन शीतलनिवासमा हुने छलफलमा नयाँ सरकार गठन र संविधान कार्यान्वयन विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।
यसअघि राष्ट्रपति भण्डारीले बाधा अड्काउ आदेश जारी गर्नुपूर्व शीर्ष नेतासँग परामर्शसमेत लिनुभएको बुझिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget