Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

२० वटा हिमताल फुट्न सक्ने चेतावनी, पहिरोको जोखिम उच्च

 देशभर झरी परेर विभिन्न ठाउँमा पहिरो र बाढीको प्रकोप देखिन थालेका बेला एउटा गैरसरकारी संस्थाले वर्षासँगै हिमताल बिस्फोटन एवं पहिरोले ठूलो क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको छ ।
भूकम्पले चिराचिरा पारेका पाखापखेरामा पहिरोको जोखिम रहेको र हिमताल विस्फोटन हुन सक्ने खतरा रहेको प्रतिवेदन शुक्रबार इसिमोडले संसदको राज्य व्यवस्था समितिमा व्याख्या गरेको हो ।
इसिमोडले नेपालमा कुल २ हजार ३ सय २३ हिमताल रहेकामा २० वटा त्यस्ता ताल बिस्फोट हुनसक्ने चेतावनी दिएको छ । हिमतालको अवस्था र पहाडी क्षेत्रमा पहिरोको जोखिमबारे कार्यपत्र प्रस्तुत गर्दै इसिमोडले यस्तो चेतावनी दिएको हो ।
प्रतिवेदनको अध्ययनपछि समितिका सदस्यहरुले विपत व्यवस्थापनमा सरकार गम्भिर नभएको भन्दै आपत्ती जनाए । बषर्ा भइरहेको छ, पोहोर भूकम्पले कमजोर बनाएको जमीनमा पहिरो जान थालिसक्यो । तर, सरकार गम्भीर देखिएन, सांसद गंगालाल तुलाधरले भने, नागरिकलाई जानी जानी पहिरोमा पारेर मार्ने काम भयो । उनले नागरिकको जीवर रक्षा गर्ने सवालमा सरकार इमान्दार नदेखिएको आरोप लगाएका हुन् ।
धादिङको री गाविसको चेपाङ गाउँ बिहीबारदेखि पहिरोको वीचमा परेको तर सरकारले अझै उद्धार गर्न नसकेको भन्दै सांसद तुलाधरले सरकारले इमान्दार भएर पूर्वतयारी गर्न जोड दिएका छन् ।
अन्य सांसदहरुले पनि बष भइरहँदा मुलुक विपत्तिको नजिक पुगेको भन्दै सम्भावित ठूलो खतराबाट जोगिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget