Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

६ बैंकको नाफा एक अर्ब नाघ्यो

काठमाडौं , वैशाख २९ गते ।  मुलुकमा उत्पन्न प्रतिकूल अवस्थाका बाबजुद ६ वटा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीको असर बैंकको नाफामा नपरेकाले उनीहरु अर्बपति क्लबमा उक्लिएका हुन् ।
मंगलबारसम्ममा १८ वटा बैंकले चालु आर्थिक वर्ष २०७२/०७३ को ९ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको वित्तीय विवरणले प्रायः सबै बैंकको नाफा बढेको देखाउँछ । तीमध्ये ६ वटाले अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका हुन् । नबिल, नेपाल इन्भेस्टमेन्ट, हिमालयन, कृषि विकास, एभरेस्ट र ग्लोबल आइएमई बैंकले गत साउनदेखि चैतसम्ममा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका हुन् ।

वित्तीय विवरण सार्वजनिक गरेकामध्ये हिमालय र ग्लोबल बैंक अर्बपति क्लबका नवआगन्तुक सदस्य हुन् । यी दुईले पहिलोपटक नाफा एक र्ब नघाएका हुन् । बढी नाफा कमाउने सूचीको पहिलो नम्बरमा नबिल बैंक छ । यसले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२÷०७३ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा दुई अर्ब पाँच करोड रुपैयाँ नाघेको छ । नबिलको नाफा अघिल्लो वर्षको उक्त अवधिको तुलनामा बढी हो । उसले गत वर्ष सोही अवधिमा एक अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको थियो ।

बढी नाफा कमाउने दोस्रो नेपाल इन्भेस्टमेन्ट बैंक हो । यसले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा एक अर्ब ८३ करोड नाघेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो । इन्भेस्टमेन्टले अघिल्लो वर्षको चैत मसान्तसम्ममा एक अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको थियो ।

हिमालयन बैंकले एक अर्ब ३१ करोड खुद नाफा गरेको छ । नाफाको हिसाबले यो तेस्रो बैंक हो । गत आवको सो अवधिमा नबिलले ९० करोड मात्र नाफा गरेको थियो । एभरेस्ट बैंकले एक अर्ब २० करोड, कृषि विकास बैंकले एक अर्ब २१ करोड र ग्लोबल आइएमईले एक अर्ब ३ करोड नाफा गरेका छन् । मंगलबारसम्म २९ बैंकमध्ये १८ ले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । त्रैमासिक अवधि सकिएको ३५ दिनभित्र बैंकहरुले अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । बाँकीले जेठ ५ गतेसम्म तेस्रो त्रैमासिक विवरण सार्वजनिक गरिसक्नु पर्नेछ ।

हालसम्म नबिल, इन्भेस्टमेन्ट, हिमालयन, कृषि विकास बैंक, एभरेस्ट, ग्लोबल, सिटिजन्स, सानिमा, नेपाल बंगालादेश, लक्ष्मी, सेन्चुरी, जनता, सिद्धार्थ, माछापुच्छे«, एसबिआई, एनआइसी एसिया, सनराइज र मेगा बैंकले तेस्रो त्रैमासिक विवरण सार्वजनिक गरिसकेका छन् । अन्य ११ बैंक वित्तीय विवरण सार्वजनिक गर्ने अन्तिम तयारीमा छन् ।

अर्बभन्दा बढी नाफा कमाउनेमा एक सरकारी र पाँच निजी बैंक छन् । नेपाल राष्ट्र बैंकले तोकेको स्प्रेड दर कायम गर्नुपर्ने बाध्यता र अधिक तरलता (लगानीयोग्य पुँजी)का कारण चैत मसान्तसम्म बैंकको नाफामा ठूलो वृद्धि भने आएको छैन । भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीले देशको अर्थतन्त्र थिल्थिलो भए पनि बैंकको नाफामा त्यसको असर सामान्यमात्र परेको तेस्रो त्रैमासको वित्तीय विवरणले पुष्टि गर्छ ।

भूकम्पको असर देशका २७ जिल्लामा बढी प¥यो । त्यसमध्ये पनि १४ जिल्ला अति प्रभावित भए । ती जिल्लाका आयोजनामा भूकम्पले क्षति पु¥याए पनि धेरैजसोको बिमा गरिएकाले त्यसको भार बिमा कम्पनीलाई पर्न गएको एक बैंकरको भनाइ छ । 'बैंकले लगानी गर्दा आयोजनाको बिमा गरेका हुन्छन्,' उनले भने, 'अधिकांश आयोजनामा बिमाबाट रकम आएको छ । जसका कारण बैंकहरुलाई क्षति कम भएको हो ।'

मुलुकभर तराई–मधेस आन्दोलन र नाकाबन्दीको असर प¥यो । करिब ६ महिना लामो आन्दोलनले देशको अर्थतन्त्रलाई प्रभाव पार्नु स्वाभाविक थियो । प्रतिकूल अवस्थामा पनि उद्योगीले बैंकबाट लिएको ऋणको ब्याज तिरे । उनीहरुले तराई–मधेस आन्दोलन र नाकाबन्दीको समयमा उत्पादन कम गरे तर त्यो बेला मनग्य भाउ बढाए र आम्दानी प्रशस्त गरे । त्यो बेलामा व्यापारीलाई पहिले जति नाफा नभए पनि बैंकको ब्याज तिर्ने पैसा भने कमाएको एक बैंकर बताउँछन् ।

भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीको असर चैत मसान्तको वित्तीय विवरणमा देखिएको छैन । यसको असर असार मसान्तमा देखिन सक्ने सम्भावनालाई भने उनीहरुले इन्कार गरेनन् । अहिलेसम्म बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा खराब कर्जा बढेको छैन । बैंकहरुले लगानी गरेको रकमको साँवा–ब्याज उठिरहेको बैंकर बताउँछन् । 'भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीको बेला लगेको ऋण तिर्न नसकेर कोही पनि कोही पनि कालोसूचीमा परेका छैनन्,' उनले भने, 'ऋणीले पुरानो ब्याज तिर्दै आएका छन् ।'

नेपाल राष्ट्र बैंकले व्यापारीको कर्जा तिर्ने समय अवधि बढाएर पुनर्तालिकीकरण गर्ने अवसर दिएकाले पनि उनीहरुलाई केही सहज भएको हो । केन्द्रीय बैंकले पटकपटक कर्जा र ब्याजको किस्ता तिर्न चैत्र मसान्तसम्म समय दिएको थियो । गत आर्थिक वर्षको चैत्र मसान्तभन्दा चालु आर्थिक वर्षको सोही अवधिको वित्तीय विवरणमा खराब कर्जा केही बढ्ने अनुमान गरिएको थियो । तर उक्त अवधिमा बैंकको खराब कर्जा बढेको देखिएको छैन । - नागरिक न्यूजबाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget