Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

पाकिस्तानी पूर्व प्रमका छोरा अफगानिस्तानमा अपहरणमुक्त, आज पाकिस्तान फर्किए



पाकिस्तानी पूर्व प्रधानमन्त्री युशुफ राजा गिलानीका छोरा अलि हैदर गिलानीलाई अपहरणबाट मुक्त गरिएको छ । मुक्तिपछि अलि आज पाकिस्तान फर्किएका छन् । तीन वर्षपछि उनले परिवारसँग भेट गरे ।
उनलाई अमेरिकी र अफगानिस्तानका सुरक्षाकर्मीहरुले मंगलबार अपहरण मुक्त गराएका थिए । गएको तीन वर्षदेखि बन्दक बनाइराखिएको उनलाई मंगलबार विशेष खोजी गरी मुक्त गरिएको थियो ।
पूर्व प्रधानमन्त्री गिलानीका छोरा अलि हैदर गिलानीलाई अफगान राजधानी काबुलमा रहेका पाकिस्तानी अधिकारीसमक्ष बुझाइएको थियो। उनी आजै पाकिस्तान आएका छन् र उनको परिवारसँग पुनर्मिलन भएको छ ।
विशेष खोजीका क्रममा उनलाई पूर्वी पाकिस्तानी क्षेत्रबाट अपहरणमुक्त गराइएको थियो ।
उनलाई पाकिस्तानी अधिकारीको जिम्मा लगाउनका लागि आयोजना गरिएको कार्यक्रममा उनले भने– म अफगान सेनालाई विशेष धन्यवाद दिन चाहन्छु, उनीहरुले मेरो रिहाईका लागि निकै ठूलो मेहनेत गरेका छन् ।
बुधबार बिहान काबुलमा एक समारोहको आयोजना गरिएको थियो । सो समारोहपछि उनलाई पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले पठाएको विशेष जहाजमार्फत आजै पाकिस्तान लगिने जानकारी गराइएको थियो ।
गिलानीलाई पाक्टिका प्रान्तको गियान जिल्लाबाट अपहरणमुक्त गरिएको हो । उनको खोजीका लागि अफगानिस्तानको सुरक्षा निकायले नै विशेष फौज खटाएको थियो ।
सन् २०१३ को मे महिनामा उनलाई पाकिस्तानी मध्यप्रान्त पञ्जावबाट अपहरण गरिएको थियो । सो अपहरणपछि उनको खोजीका लागि अफगान सरकारले नै विशेष पहल गरेको थियो ।
त्यसपछि उनले गतवर्षमात्र आफ्ना पितालाई फोन गर्न पाएका थिए । उनले फोनमार्फत आफू सकुसल रहेको जानकारी सो समयमा गराएका थिए ।
पाकिस्तानमा हुन लागेको आमनिर्वाचनको तीन दिनअघिमात्र उनलाई अपहरण गरिएको थियो । अपहरणको कारण त्यस समयमा निर्वाचनसँग जोडिएको थियो ।
हाल उनी २७ वर्षका छन् ।  -  रासस/एएफपी


Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget