Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

विदेशमा पैसा राख्नेमाथि छानबिन सुरु

काठमाडौं , वैशाख २९ गते । अवैध रुपमा कमाएको सम्पत्ति कर छुट सुविधा भएका विभिन्न मुलुकमा जम्मा गरेका नेपालीबारे सरकारले अनुसन्धान थालेको छ। अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले 'ट्याक्स हेभन' मुलुकका विभिन्न कम्पनीमा नेपालीले लगानी गरेको सम्पत्तिबारे अनुसन्धान सुरु गरेको हो।
विभागका महानिर्देशक किशोरजंग कार्कीले नेपाली नागरिकले कर छुट भएका मुलुकमा पैसा राखेको भन्दै नाम सार्वजनिक भएपछि विभागले चासोपूर्वक अनुसन्धान थालेको जानकारी दिए । 'नेपाली नागरिकको अवैध लगानीबारे विभागले अनुसन्धान सुरु गरिसकेको छ,' महानिर्देशक कार्कीले मंगलबार नागरिकसँग भने 'यसबारे केही चरण छलफल भएका छन् ।'

यस्ता केही नेपाली नागरिक र व्यवसायीको नाम मंगलबार सार्वजनिक भएकाले त्यसको सत्यतथ्यबारे जानकारी लिन सुरु गरिएको उनले बताए । मुलुकभित्र अवैध रुपमा कमाएको अकुत सम्पत्तिबारे अनुसन्धान गरिरहेको विभागका लागि यो केही नयाँ विषय भएको औंल्याउँदै कार्कीले गहिरो अध्ययनपछि यथार्थ खुल्ने जनाए । उनले करछली गरेर वा अन्य हिसाबले कमाएको धनबारे सोधखोज गर्नु र गल्ती गर्नेलाई कारबाही दायरामा ल्याउने जिम्मेवारी विभागको भएकाले त्यसैअनुरुप काम गर्ने जानकारी पनि दिए ।

कानुन उल्लंघन गर्नेलाई कुनै पनि सर्तमा नछाड्ने जनाउँदै कार्कीले विदेशमा पैसा राख्नु अपराध रहेको बताए । यसबारे अनुसन्धानमा सक्रिय पत्रकारको संस्था इन्टरनेसनल कन्सोन्ट्रियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आइसिआइजे) ले सोमबार राति सार्वजनिक गरेको गोप्य दस्तावेजमा विदेशी मुलुकमा पैसा राख्ने नेपालका एक दर्जनभन्दा बढीको नाम छ ।

'पनामा पेपर्स' नाम दिइएको यो दस्तावेजअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतो, व्यवसायी अरुणकुमार चौधरी, सुर्भांशकुमार चौधरी, करनकुमार चौधरी र शिला चौधरीको नाम सार्वजनिक भएको छ । यस्तै, नवाङ डोल्मा र उमादेवी सिंघानियाको नाम पनि पेपर्सले सार्वजनिक गरेको छ । पनामा पेपर्सले केही दिनअघि पहिलो चरणमा सार्वजनिक गरेको दस्तावेजमा दर्जन नेपालीको सम्पत्ति रहेको भनिए पनि नाम सार्वजनिक गरेको थिएन । सोमबार दोस्रो विवरणमा भने उनीहरूको नाम सार्वजनिक भएको हो ।

प्रतिवेदनमा अफसोर कारोबार गर्ने यी सात नेपालीसहित सन् २०१३ को 'स्विस लिक्स' मा मुछिएका रेणुका प्रधान, रेखा काब्रा, डा. श्यामबहादुर कर्माचार्य, शशिकान्त अग्रवाल, हरिशकुमार तोडी, बिजेशकुमार तोडी अग्रवाल, प्रो. सत्येन्द्रकुमार गुप्ता, विमलकाजी ताम्राकार, विजेन्द्र जोशी, विनु श्रेष्ठ, विश्ववर्सिंग थापा र राजेन्द्रकुमार काब्राको पनि नाम सार्वजनिक गरिएको छ । नेपालको कानुनले कुनै पनि नेपालीलाई विदेशमा लगानी गर्न छुट दिँदैन । कानुनअनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर मात्र विदेशमा लगानी गर्न सकिन्छ । - बालकृष्ण ज्ञावली , नागरिक न्यूजबाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget