Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

बौद्ध सम्मेलनमा मोदी नआउने , बहिष्कार भने गरेको होइन


काठमाडौं , वैशाख ३१ गते । आगामी जेठ दोस्रो साता नेपालमा हुने बौद्ध सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नआउने भएका छन् ।
नेपाल सरकारले मोदीलाई निम्तो दिएको छ । तर, भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले मोदीको तत्काल नेपाल भ्रमणको कुनै योजना नरहेको बताए ।
बौद्ध सम्मेलन ६ र ७ गते राखिएको छ । मोदी भने ९ गते इरानको भ्रमणमा जाने भएका छन् ।
भारत सरकारले बौद्ध सम्मेलन बहिस्कार गर्ने खबरको भने खण्डन गरेको छ । क्याच न्यूजले भारत सरकारले औपचारिक रुपमा सम्मेलन बहिस्कार गर्ने दाबी गर्दै समाचार प्रकाशित गरेको थियो ।
तर, विदेश मन्त्रालय प्रवक्ता विकास स्वरुपले उक्त समाचारको खण्डन गरे । उनले भने, ‘त्यही केही होइन । हामीले निम्तो पाएका छौं र उचित प्रतिनिधित्व हुनेछ ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget