Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

सरकारबाट एमाओवादी बाहिरियो : प्रचण्डले भने, ‘अब एमाओवादी नेतृत्वमा सरकार’

काठमाडौं , वैशाख २२ गते  एमओवादी अध्यक्ष प्रचण्डले अब आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया शुरु गर्ने बताउँदै वर्तमान सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको छ ।
बुधबार बिहान विज्ञप्ति जारी गर्दै नेकपा–एमाले नेतृत्वको सरकारको औचित्य समाप्त भएको बताउँदै आफ्नो पार्टी नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलहरुलाई सहयोगका गर्न अपिल गरेका छन् ।
sthai-Samiti-Meetingबुधबार बिहान बसेको पदाधिकारी बैठकले केपी ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने र आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वाधिनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान क्रियान्वयन र पुनर्निर्माणको कार्यलाई केन्द्रबिन्दुमा राखेर हाम्रो पार्टीले राष्ट्रिय सहमतिमा जोड दिँदै नेकपा (एमाले) को नेतृत्वको वर्तमान सरकार गठन गर्न पहल गरी सहभागी भएको हो । हाम्रो पार्टीले उपयुक्त विषयहरुमा लगातार सरकार एवम् एमाले नेतृत्वसँग गम्भीर ध्यानाकर्षण गराएका हौं । तर वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणाममुखी कार्य अगाडि बढाउन सकेको देखिएन ।’
विज्ञप्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत एमाओवादीको नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव गरेको जानकारी दिइएको छ ।
‘हाम्रो पार्टी, नेकपा एमाले तथा राप्रपा नेपाल, जनअधिकार फोरम (लोकतान्त्रिक) लगायतका सबै पार्टीलाई हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पुरा गर्ने प्रक्रियामा अघि बढ्न अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
मंगलबार साँझ दुई सत्ता साझेदार दल एमाओवादी र एमालेका शीर्ष नेताहरुबीच डिनिर मिटिङ भएको थियो । सो बैठकमा एमाओवदी अध्यक्ष प्रचण्डले आफूलाई कांग्रेसले एमाओवादी नेतृत्वको सरकार गठन गर्ने प्रस्ताव गरेको सुनाएका थिए ।
यता, पदाधिकारी बैठकको निर्णय पछि एमाओवादी मन्त्रीहरु भने पार्टीको निर्देशन पर्खेर बसिरहेका छन् । - रातोपाटीबाट 

CMPrachanda006

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget