Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

वेस्टह्यामसँग हारेपछि म्यानचेस्टर युनाइटेडलाई धक्का



काठमाडौं , वैशाख २९ गते । इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा वेस्टह्यामसँग पराजित भएपछि आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने म्यानचेस्टर युनाइटेडको लक्षमा धक्का लागेको छ ।

वेस्टह्यामको घरेलु मैदान अप्टन पार्कमा भएको लिगको ३७ औ्र चरणको खेलमा म्यान यु ३–२ ले पराजित भएको हो ।

एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै वेस्टह्यामले चार मिनेटमा दुईं गोल फर्काएपछि युनाइटेडको च्याम्पियन्स लिग यात्रा कठिन बनेको हो ।


यद्यपि अग्रता भने खेलको १० औं मिनेटमा साकोको गोलमा वेस्टह्यामले लिएको थियो । तर खेलको दोस्रो हाफको ५१ औं र ७२ मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै २–१ को अग्रता दिलाए ।

एक गोलले पछि परेको अवस्थामा वेस्टह्यामले खेलमा फर्कन समय लगाएन । उसका लागि खेलको ७६ औं मिनेटमा एन्टेनियोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget