Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

गुजरातले आईपीएलको शीर्ष स्थानमा



काठमाडौं , वैशाख २७ गते । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा गुजरात लायन्सले कोलकत्ता नाइट राइडर्सलाई ५ विकेेटले पराजित गरेको छ । जितसँगै गुजरात शीर्ष स्थानमा उक्लिएको छ ।
कोलकत्ताले प्रस्तुत गरेको १५९ रनको लक्ष्य गुजरातले १८ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि दिनेश कार्तिकले ५१ रन बनाए । २९ बलको सामना गरेका उनले ८ चौका र एक छक्का हाने ।
ब्रान्डन म्याकलम र एरोन फिन्च ले समान २९ रन जोडे भने डवेन स्मिथले २७ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो । उसको सुरुवात निकै खराब थियो । सुरुवाति ६ ओभरमा २४ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो ।
तर, सकिल अल हसन र युसुफ पठानले पारी सम्हाले । सकिव ६६ र पठान ६३ रनमा अविजित रहे ।
जितसँगै गुजरात ११ खेलबाट १४ अंकसहिथ शीर्ष स्थानमा उक्लिएको छ । १० खेलबाट १२ अंक जोडेको कोलकत्ता तेस्रो स्थानमा छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget