Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

गच्छदारको पार्टीबाट म्यानपावर व्यवसायी ओमनमा राजदूत सिफारिस

             पार्टीमा असन्तुष्टि, गच्छदारसँग ‘बसेरै कुरा गरिन्छ’ : जितेन्द्र देव



काठमाडौ , वैशाख २९ गते । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले खाडी मुलुक ओमनका लागि राजदूतमा म्यानपावर व्यवसायीको नाम सिफारिस गरेपछि उनको पार्टीमा चर्को असन्तुष्टि देखिएको छ।

पार्टीको भागमा परेको उक्त कोटामा गच्छदारले ‘सुटुक्क’ वैदेशिक रोजगार व्यवसायी शर्मिला पराजुलीको नाम पठाई मन्त्रिपरिषदबाट निर्णय गराएका थिए।

फ्लोरिड रिसोर्स सोलुसनकी नामक मेनपावर कम्पनीकी निर्देशक पराजुलीको नाम लिएर गच्छदार प्रधानमन्त्रीकहाँ पुगेपछि मन्त्रिपरिषदले ओमनका लागि राजदूत सिफारिस अनुमोदन गरेको थियो। फोरम लोकतान्त्रिकसँग कुनै किसिमको ‘संस्थागत सम्बन्ध नदेखिएकी’ पराजुलीको नाम राजदूतमा परेपछि नेताहरू छक्क परेका छन्।

मधेसमा राजनीतिक आधार भएको फोरमले पार्टीमा कुनै संग्लनता नभएको, पहाडे मुलको त्यो पनि म्यानपावर व्यवसायीलाई नेपाली कामदारहरु काम गर्न जाने खाडी मुलुक ओमानमा राजदूत सिफारिस भएको भन्दै गच्छदारको पार्टीभित्र बिरोध भएको छ।

नेता जितेन्द्र देवले पराजुलीको सिफारिस भएको भए गलत भएको बताए। ‘यो कुरा सुन्दा म चकित परेको छु,’ देवले सेतोपाटीसँग भने, ‘व्यक्ति को हो भन्ने कुरा महत्वपूर्ण हो, यस विषयमा पार्टीमा छलफलै गरिएको छैन।’

उनले उक्त विषयमा गच्छदारसँग ‘बसेरै कुरा गर्ने’ बताएका छन्। ‘बसेर कुरा गरिन्छ अध्यक्षजीसँग, उहाँले कसरी राजदूत सिफारिस गर्नुभयो भन्ने विषयमा,’ देवले भने।

यसअघि पनि पार्टीबाट हुने निर्णयमा गच्छदारले आर्थिक लाभका लागि ‘एकलौटी’ निर्णय गर्ने गरेको आरोप लागेको छ। पार्टीबाट चार जना समानुपातिक सभासद सिफारिस हुँदा तीन जना काठमाडौंका धनाढ्य र पहाडे मुलका व्यक्ति परे। उनीहरुको पनि राजनीति र फोरम लोकतान्त्रिक पार्टीसँग कुनै संग्लनता थिएन। यसरी सिफारिसमा परेका तीनै जना भीएस निकेतनका प्रध्यापक बाबुराम आचार्य, ग्यालेक्सी पब्लिक स्कुलकी प्रध्यापक गीता राणा र योनरोग विशेषज्ञ डा. सुबोध पोखरेल अहिले फोरमको सांसद छन्।

पराजुलीलाई चिन्ने म्यानपावर व्यवसायीहरूका अनुसार उनका परिवार सबै वैदेशिक रोजगार व्यवसायी हुन्। श्रीमान् बिमल ढकाल फ्लोरिडका सञ्चालक हुन्। जेठाजू कमल ढकाल पनि सोही म्यानपावरमा आवद्ध छन्। खाडीका विभिन्न कम्पनीलाई कामदार आपूर्ति गर्ने बीएसडी ह्युमन रिसोर्स सोलुसन, रोयल डाइमन्ड रिक्रुटमेन्टसमेतमा पराजुलीको परीवार संलग्न छ। रोयलले युएईलगायत खाडीका अन्य मुलुकमा कामदार आपूर्ति गर्ने गरेको छ।

‘वैदेशिक रोजगार व्यवसायी राजदूत सिफारिस हुनु त राम्रो कुरा हो तर उहाँले कति काम गर्न सक्नुहुन्छ त्यो हेर्न बाँकी छ,’ वैदेशिक रोजगार व्यवसायी किरणकिशोर घिमिरेले भने, ‘उहाँको परिवार सबै वैदेशिक रोजगार व्यवसायी हो।’

पराजुलीले आफूलाई वैदेशिक रोजगार व्यवसायी हैन भन्दै आएकी छिन्। तर युएईमा कामदार आपूर्ति गर्ने रोयल डाइमन्डको उच्च तहमा रहेर ‘कन्सलटेन्ट’को काम चाहिँ गरेको पराजुलीले बताइन्। ‘युएईको कुरा गर्नुहुन्छ भने मैले हाइलेभलमा रहेर कन्सलटेन्टको काम गरेको हो,’ उनले भनिन्, ‘तर अहिले म कुनै म्यानपावर कम्पनीमा आवद्ध छैन।’

उनले परिवार म्यानपावर व्यवसायी भए पनि त्यसमा आफ्नो नाम जोड्न नमिल्ने बताइन्। ‘श्रीमान्, जेठाजु, अङ्कल कोही व्यवसायी छन् तर म आवद्ध छैन,’ उनले भनिन्, ‘मेरा आफन्त व्यवसायी छन् भनेर मलाई त्यसमा जोड्न मिल्दैन।’

सन् २०१४ सेप्टेम्बरमा ओमनमा नेपाली दूतावास खुलेको हो। ओमनका लागि राजदूत सिफारिस पराजुली पहिलो व्यक्ति हुन्। उनले आफ्नो विज्ञतालाई बुझेर गच्छदार र मन्त्रिपरिषदले सिफारिस गरेको दाबी गरिन्।

‘मलाई पहिले पनि सिफारिस गर्न कोसिस गर्नुभएको थियो, आवद्धता पार्टीमा नभए पनि मेरो विज्ञता उहाँले राम्ररी बुझ्नुभएको छ,’ पराजुलीले भनिन्, ‘३५ देश घुमिसकेकी छु, यसकारण अनुभवी पनि छु, त्यसैले सिफारिसमा परेँ।’

ओमन-नेपाल उडान सम्झौता रहे पनि श्रम सम्झौता छैन। आफू राजदूत भइसकेपछि नेपाल-ओमन श्रम सम्झौता गर्न आफूले ‘उल्लेखनीय’ काम गर्ने दाबी पराजुलीको छ।



वैदेशिक रोजगारमा जाने नेपालीहरू धेरैजसोको गुनासो म्यानपावरबाट पीडित भएको भन्ने छ। वैदेशिक रोजगारीमा रहँदा सम्झौताअनुसारको काम र पारिश्रमिक नपाए वा पीरमर्का परे जुन मेनपावरबाट गएको हो ऊ स्वयंले पनि चासो नराख्ने गुनासो सर्वत्र छ। - खिलानाथ ढकाल , सेतोपाटीबाट 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget