Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

सशस्त्रको एआईजी बढुवा सिफारिस विरुद्ध उजुरी

 काठमाडौं जेष्ठ १ गते । सशस्त्र प्रहरी बलको रिक्त एआईजी पदमा गृह मन्त्रालयले बढुवा सिफारिस गरेको निर्णय विरुद्ध डिआईजी उत्तम खड्का र पुष्पराम केसीले लोकसेवा आयोगको पुनरावलोक समितिमा उजुरी दिएका छन् । 



विहीबार बढुवा समितिको निर्णय चित्तबुझ्दो नभएको भन्दै उनीहरुले उजुरी दिएका हुन् । गत वैशाख २४ गते बढुवा समितिले डिआईजी शैलेन्द्र खनाल र जित बहादुर पुनलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।



सशस्त्र प्रहरी नियमावली अनुसार बढुवा समतिमा गृह सचिव अध्यक्ष र सदस्य सचिव सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राई रहने छन् ।

खड्का र केसीले ‘बढुवा नियमावली विपरित र बढुवा गर्दा अपनाउनुपर्ने समान्य सिद्धान्तसमेत पालना नगरेको’ भन्दै आयोगको समितिमा उजुरी दिएका थिए ।

बढुवा समितिले गरेको निर्णय चित्त नबुझे सिफारिस गरेको सात दिन भित्र आयोगको पुनरावलोकन समितिमा उजुरी दिने व्यवस्था सशस्त्रकै नियमावलीले उल्लेख गरेको छ । पुनरावलोकन समितिमा लोक सेवा आयोगका अध्यक्ष, सदस्यमा मुख्य सचिव र कानुन मन्त्रालयका सचिव रहने व्यवस्था छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget