Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

यूरोप, एसिया र अफ्रिकाका देशमा मेरो लगानी छः महतो








काठमाडौँ , वैशाख ३० गते । पनामा पेपर्स लिक्समा नाम सार्वजनिक भएपछि चर्चित व्यवसायी उपेन्द्र महतोले यूरोप, एसिया र अफ्रिकाका देशमा भएको आफ्नो लगानी कानुनसम्मत भएको बताएका छन् ।



विदेशमा लगानी भएको स्वीकार गर्दै महतोले आफू गैर आवासीय नेपाली (एनआरएन) भएको र विश्वका विभिन्न देशमा लगानी रहेको स्पष्ट पारेका हुन् ।




बुधबार विज्ञप्ति सार्वजनिक गर्दै महतोले यूरोप, एसिया र अफ्रिकाका विभिन्न देशमा लगानी गरेको स्वीकार गरेका हुन् । महतोले आफू लामो समय अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा बसेको र सोही क्रममा विभिन्न व्यवसायमा संलग्न रहेको दाबी गरेका छन् ।



विज्ञप्तिमा भनिएको छ, ‘म विगत ३५ वर्षदेखि अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा बस्दै आएको सर्वविवितै छ । मूलतः व्यवसायमा संलग्न रहेको हुँदा नेपाल बाहेक यूरोप, एसिया र अफ्रिकाका विभिन्न देशमा मेरा व्यवसायिक प्रतिष्ठानहरु छन्, लगानी छ ।’



महतोले आफूले विदेशमा लगानी गरेको पूँजी विदेशमै आर्जन गरेको समेत दाबी गरेका छन् । ‘मैले विदेशमा जे जति लगानी गरेको छु, त्यो पूँजी विदेशमै आर्जन गरेको स्वतः स्पष्ट नै छ,’ विज्ञप्तिमा भनिएको छ ।



अन्तराष्ट्रिय खोज पत्रकार समूहले सार्वजनिक गरेको पानामा पेपर्सको दोस्रो विवरणमा नाम आएपछि महतोले आफूले गैर कानुनी काम नगरेको जानकारी सबैलाई गराउन विज्ञप्ति सार्वजनिक गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गरेका छन् ।



‘अन्तर्राष्ट्रिय खोज पत्रकार समूहले सार्वजनिक गरेको पानामा पेपर्सको दोस्रो विवरणमा अफसोर कारोबार गर्ने भनी मेरो समेत नाम आएपछि गैरकानूनी काम गरेको हो कि भन्ने ढंगले समाजमा उत्पन्न हुनसक्ने नकारात्मक प्रतिक्रिया र भ्रमलाई समयमै चिर्नु आफ्नो कर्तव्य ठान्दछु,’ महतोले विदेशमा विद्यमान कानुन बमोजिम लगानी गरेको समेत दाबी गर्दै भनेका छन्, ‘विदेशमा बस्ने नेपालीले आफू बसेको ठाउँमा कमाएको पूँजी त्यहीं वा अन्य मुलुकमा लगानी गर्ने कुरा कानूनसम्मत र विश्वव्यापी प्रचलनमा छ ।’



एनआरएनका संस्थापक अध्यक्ष समेत रहेका महतोले विदेशमा कम्पनी खोलेको र त्यहाँको कानुन अनुसार लगानी गरेको समेत दाबी गरेका छन् ।


महतोले विज्ञप्तिमा भनेका छन्, ‘धेरै देशमा लगानी गर्न सहजताको लागि अन्तर्राष्ट्रिय कानून र प्रचलन अनुसार मैलेपनि विदेशमा कम्पनी खोलेको छु, जस मार्फत् विभिन्न देशमा त्यहाँको स्थानीय कानून अनुसार लगानी भएका छन् ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget