Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

वन्यजन्तु अपराधमा संलग्न २५५ जना कारबाहीमा



चितवन , वैशाख २५ गते । चितवन राष्ट्रिय निकुञ्जले गएको छ वर्षको अन्तरालमा वन्यजन्तु अपराधमा संलग्न २५५ जनालाई कारबाही गरेको छ ।
यसमध्ये सबैभन्दा बढी दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनु महत्वपूर्ण उपलब्धि भएको निकुञ्जले जनाएको छ ।
बाइस वटा गैँडाको खाग बिक्री व्यवसायमा संलग्न व्यक्ति चितवन कोराकका ३१ वर्षीय राजकुमार प्रजालाई कानुनी दायरामा ल्याएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । उनी नै अहिलेसम्मको सबैभन्दा ठूलो अपराधी रहेको देखिएको निकुञ्जले जनाएको छ । त्यसपछि भने अपराधका घटना बन्द भएको र लगातार ७०० दिनभन्दा बढी निकुञ्जमा शून्य चोरी सिकार हुनु महत्वपूर्ण हो ।
प्रजाले आफूले २० वटा गैँडा मारेर खाग बेचेको, दुई वटा अरुले नै मारेको गैँडाको खाग बेचेको र पाँच वटा गैँडालाई मार्ने प्रयास गरी घाइते बनाएको यसअघि नै स्वीकार गरेका छन् ।
अशिक्षाका कारण आफू गैँडा मार्नमा सक्रिए भएको उनको भनाइ उद्धृत गर्दै निकुञ्जले जनाएको छ । उनलाई इन्टरपोलको माध्यामबाट मलेसियामा पक्राउ गरी ल्याइएको थियो । देशको विषम परिस्थितिको समयमा एकै वर्ष ३७ वटासम्म गैँडा मारिएको तथ्याङ्क जानकारी दिँदै अर्यालले अहिले भने लगातार दुई वर्षसम्म शून्य चोरी सिकार मनाउन सफल हुनु महत्वपूर्ण उपलब्धि भएको बताए ।
यो उपलब्धि निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीयवासी तथा संरक्षणकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा प्रहरी ब्युरो तथा स्थानीय प्रशासन र वन्यजन्तु अपराध नियन्त्रण एकाइको भूमिका महत्वपूर्ण रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलको भनाइ छ । - अनलाइन खबरबाट 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget