Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

संसारका सवैभन्दा धेरै स्मार्टफोन उत्पादन गर्ने पाँच कम्पनी, वार्षिक बिक्रि र बजार हिस्सा कति?

काठमाडौ , विश्वबजारीकरणको आजको युगमा मोबाइल नबोक्ने मानिस सायदै पाउन सकिन्छ। विभिन्न कम्पनीहरुले आफ्नो बजार हिस्सा बढाउनमा नयाँनयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्।

सन् २०१५ को डिसेम्बरमा भएको एक अध्ययनले विश्वमा मोवाइल उत्पादन, बिक्रि, बजार हिस्सा र आम्दानी कति लिएका छन भनेर अनुसन्धान भएको थियो। उक्त अनुसन्धान अनुसार यी कम्पनीहरुको बजार हिस्सा धेरै रहेको छ।

. एलजी

दक्षिण कोरियाको कम्पनी एलजीले अघिल्लो बर्ष सन् २०१४ को भन्दा २५ प्रतिशत धेरै स्मार्टफोन विक्रि गरि पाँचौ नम्बरमा आफूलाइ स्थापित गर्न सफल भएको छ। एलजीको जी थ्रि मोडेल हालसम्म धेरै विक्रि भएको मोवाइल सेट हो।



एलजीले मिडियम र प्रिमियम मूल्यका धेरै सेटहरु विक्रि गरेका कारण उसले आफ्नो बजार हिस्सा बढाउन सफल भएको हो। एलजीले अघिल्लो बर्ष ६ करोड भन्दा धेरै स्मार्टफोन विक्रि गरेको थियो। हाल एलजीको बजार हिस्सा ४.६ प्रतिशत रहेको छ भने उसले मोवाइलको विक्रिवाट पाँच अर्ब ४० करोड भन्दा धेरै आम्दानी गरेको थियो।

४. हुावावे

चीनको इलेक्ट्रोनिक कम्पनी हुवावेले सन् २०१४ बाट २०१५ मा जाँदा ६ करोड बटा मोवाइल सेट विक्रि गरेको थियो। हुवावेको व्यापार ल्याटिन अमेरिका र दक्षिण एसियाका मुलुकहरुमा धेरै रहेको छ। हुवावेको अनर सिरिजको स्मार्टफोनले उसको समग्र विक्रिमा धेरै मात्रामा सहयोग गरेको थियो।



हुवावेले अधिल्लो बर्ष कुल सात करोड पचास लाख वटा स्मार्टफोन विक्रि गरेको थियो। हुवावेको बजार हिस्सा नौ प्रतिशत रहेको छ भने उसले स्मार्टफोन विक्रिबाट चार अर्ब ६० करोड भन्दा धेरै आम्दानी गरेको थियो।

३. लेनोभो

चीनबाट उत्पादन हुने मोवाइल लेनोभो कम्प्युटर निर्माण गर्ने प्रख्यात कम्पनी हो। उसले अघिल्लो बर्षको चौथो क्वाटरमा रेकर्ड ब्रेक गर्दै एक करोड ९० लाख थान स्मार्टफोन विक्रि गरेको थियो। उसले माटोरोला कम्पनीलाई गुगलबाट किनेपछि भmन उसको व्यापार बढेको थियो।



लेनोभोले ८० प्रतिशत व्यापार चीनभन्दा बाहिर गरेको जनाएको छ। उसले अघिल्लो बर्ष सात करोड ६० लाख थान स्मार्टफोन विक्रि गरेको थियो। उसको बजार हिस्सा ४.८ प्रतिशत रहेको छ भने ३८ अरब ७० करोड कमाएको थियो।

२. एप्पल

अमेरिकी इलेक्ट्रोनिक्स सामाग्री उत्पादन गर्ने कम्पनी एप्पल सन् २०१४ सम्म संसारको सवैभन्दा धेरै मावाइल विक्रि गर्ने कम्पनी रहेको थियो। एप्पललाई ठूलो स्कृन भएका स्मार्टफोनहरु भित्र्याउने श्रेय जान्छ। उसले एन्ड्रोइड स्मार्टफोनको बजारलाई प्रतिस्पर्धा गर्नका लागि आइफोन ६ र ६ प्लस ल्याएको थियो।


अघिल्लो बर्ष चिनिया कम्पनीका कारणले एप्पलको विक्रिमा केहि कम आएको थियो। एप्पलले अधिल्लो बर्ष २० करोड भन्दा धेरै स्मार्टफोन विक्रि गरेको थियो। उसको बजार हिस्सा १५ प्रतिशत रहेको छ भने उसले स्मार्टफोन विक्रिबाट दुई खर्ब रुपैयाँ कमाएको थियो। 

१. सामसुङ

कोरियन इलेक्ट्रोनिक्स कम्पनी सामसुङले आक्रामक बजार विस्तार गरिरहेको छ।  एप्पलको आइफोनका जस्तै फिचर राखेर बनाएका नयाँ स्मार्टफोनका कारण बजार हिस्सा बढाउन सफल भएको छ।



सामसुङले आफ्नो नयाँ मोडेलको स्मार्टफोन ग्यालेक्सी एस ६ र एजका कारण पनि आफ्नो मार्केट धेरै विस्तार गरिरहेको छ। उसको दक्षिण एसिया, मध्यपुर्वी देशहरु, अफ्रिका र युरोपमा धेरै मात्रामा विक्रि हुने गरेको छ।

सामसुङले अधिल्लो बर्ष ३० करोड आठलाख स्मार्टफोन विक्रि गरेको थियो। उसको बजार हिस्सा २० प्रतिशत रहेको छ भने सामसुङले एक खर्ब ९५ अर्बको व्यापार गरेको थिायो। - See more at: http://www.bizmandu.com/content/-17605.html#.VysGraodBBc

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget