Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

आन्दोलन भारतको इशारामा भन्नुु गलतः उपेन्द्र यादव



काठमाडौं , वैशाख २५ गते । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जारी आन्दोलन भारतको इशारामा चलेको भनी आरोप लगाउनु ‘बिल्ला’ भिराउने कामबाहेक केही नभएको बताएका छन् ।
शनिबार पार्टीका प्रचारप्रचार उपसमितिका टोलीसँगको भेटमा यादवले पञ्चायतविरुद्ध लड्दा पनि यसखाले बिल्ला बिराउने काम भएको जनाए । ‘पञ्चायतविरुद्ध लड्दा अराष्ट्रिय तत्व र विदेशीका दलाल भन्थे’ उनले भने,’यसखाले बिल्ला भिर्नेहरु धेरै अहिले सरकारमा छन् ।’
संघीय गठबन्धनद्वारा घोषित आन्दोलन उत्पीडित, दमित र गरीब समुदायको साझा संघर्ष भएको उनले जिकिर गरे । उनले जबसम्म मधेसी, आदिवासी जनजाति, मुस्लिम, थारु, महिलाको समस्या समाधान हुँदैन, तबसम्म संघर्ष जारी रहने पनि जनाए ।
संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले आन्दोलनमाथि बल प्रयोग गरे मूर्खता हुने र सत्तासिनलाई बढारिदिने चेतावनी दिए ।
वर्तमान संविधान काम नलाग्ने भएकाले संशोधनका निम्ति संघर्ष गर्नुपरेको धारणा उनले दोहोर्‍याए । ‘तत्कालीन राष्ट्रपति, प्रधानमन्त्री र राजनीतिक तथा संवैधानिक सम्वाद समितिका सभापतिले संविधान त्रुटीपूर्ण रहेको स्वीकारेका छन्’ उनले भने, ‘यसले पनि वर्तमान संविधान संशोधन अपरिहार्य रहेको देखाइसकेको छ ।’
उनले संविधान संशोधन नगरी कार्यान्वयनमा लान खोजे आफूहरु चुप लागेर नबस्ने जनाए । ‘हामीले संविधान जलाएकामात्रै हौं,’ यादवले भने, ‘संशोधन नगरी बढे बर्खास्त गर्नेछौं ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget