Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

नौबुँदे सम्झौता असंवैधानिक भएको भन्दै रिट दायर



काठमाडौँ, वैशाख २८ गते  ।  प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार भएको नौबुँदे सम्झौता असंवैधानिक भएको भन्दै सर्वोच्च अदातलमा आज रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अधिवक्ता अनन्तराज लुइँटेल, केदार लुइँटेल, मनोज खड्का, प्रवीन्द्रराज जोशी र रुद्र पाठकले संयुक्त रुपमा दायर गरेको निवेदनमा दुई दलबीच भएको सो सम्झौता असंवैधानिक भएकाले कार्यान्वयन नगर्न÷नगराउन परमादेशको माग गरिएको छ ।

निवेदनमा स्वतन्त्र न्यायपालिकाको अवधारणा विपरीत र संविधानको समेत पालना नगरी सम्झौता गरिएको उल्लेख छ । प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष दाहालबीच यही वैशाख २३ गते संविधान कार्यान्वयन लगायत नौबुँदे सम्झौता भएको थियो ।

इन्सेकको आपत्ति

नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच गत विहीबार भएको नौ बुँदे सम्झौताका केही बुँदाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आपत्ति जनाएको छ ।

इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले आज विज्ञप्ति निकाल्दै दुई पार्टी बीच भएको सहमतिका केही बुँदा विस्तृत शान्ति सम्झौता र सर्वोच्च अदालतको परमादेशविरुद्ध भएको जनाएका छन् । इन्सेकले सहमति २०७१ पुस १८ गते गम्भीर अपराधका दोषीलाई उन्मुक्ति दिन नमिल्ने भनी सर्वोच्च अदालतले गरेको परमादेश विपरीत भएको जनाएको छ ।

सम्झौताले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका कामलाई प्रभावित पार्ने बताइएकाे छ । 

इन्सेकले द्वन्द्वकालका घटनाको सत्यतथ्य सार्वजनिक गर्ने र अपराधमा संलग्न जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget