Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

सरकार अझै धरापमा - ओली



काठमाडौं , वैशाख २८ गते । तीन दिनअघिमात्र आफूलाई सत्ताच्यूत गराउने कसरतलाई पराजित गर्न सफल प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार अझै पनि धरापमा रहेको बताएका छन् । एमाले संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै स्वभावजन्य ठट्यौली भाषामा उनले भने, ‘नीति तथा कार्यक्रम आवश्यकताअनुसार मात्र हुँदो रहेनछ । यसका सामाजिक पक्षलगायतका विषय हुन्छन्, सरकारको पनि सीमा छ, फेरि सरकार आफैं हिलारी हिलजस्तो ठाँउमा छ ।ु
 
त्योसँगै उनले सरकार ‘हिलारी हिलुजस्तो धरापमा रहे पनि आमनिर्वाचनसम्म आफैं नेतृत्वमा रहने अभिव्यक्ति दिएर प्रतिकूल परिस्थितिमा संसद विघटनसम्म जाने संकेत पनि दिए । यसअघि संसदमा सम्बोधन गर्दै उनले बिहीबार संसद विघटन गर्ने कुनै सोच नरहेको बताएका थिए ।
 
संसद्मा पेस भएको सरकारको नीति तथा कार्यक्रममा छलफल तयारीका लागि सोमबार बसेको एमाले संसदीय दलको बैठकमा उनले सगरमाथा आरोहण गर्दा शिखरमा पुग्ने बेलामा खतरनाक चुचुरो रहेको र त्यहाँबाट जुनसुकै बेला खस्न र झर्नसक्ने खतरा भएको बताएका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले वर्तमान सरकारलाई म्यादी भनी टिप्पणी गरिएकोमा समेत सहमति जनाए । 
(‘यही सरकारले स्थानीय निर्वाचन, आमनिर्वाचन र प्रदेशको निर्वाचन गराउँछु
‘यो सरकार म्यादी भनेर कतिपयले टिप्पणी गर्छन्, यो ठिकै हो, हामी ४० वर्ष सरकार चालाउन आएका होइनौं, आमनिर्वाचन गराउनेसम्मका म्यादी नै हौं,ु प्रधानमन्त्रीलाई उद्धृत गर्दै संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने । 
 
ओलीले यो सरकारले मंसिरमा स्थानीय निकायको, आगामी वर्ष माघमा संसद्को र त्यसपछि प्रदेशको निर्वाचन गराउने दाबी गरे । उनले सरकारको नीति तथा कार्यक्रम असाधारण भएकाले सके अरूलाई कन्भिन्स गर्ने र नसके पनि संख्या पुर्‌याएर पास गर्न सांसदहरूलाई निर्देशन दिए । उनले संसद्मा उत्ताउलो तरिकाबाट नभई शालीन र शिष्ट तरिकाले नीति तथा कार्यक्रममा छलफल गर्न पनि आग्रह गरे ।
 
प्रधानमन्त्रीले संसद्को नियमावलीसमेत बनिनसकेकाले त्यो काम मिलेर गर्नुपर्ने बताए । उनले अहिलेको नीति तथा कार्यक्रम सामाजिक र आर्थिक रूपान्तरणका लागि भएकाले यसका पक्षमा अध्ययन गरेर छलफलमा भाग लिनसमेत आग्रह गरेका थिए । उनले विगतमा आफूहरूले दिएका आश्वासन व्यवहारमा लागू हुँदैन कि भनेर अनेक शंका प्रकट भएकोमा नीति कार्यक्रम आएपछि त्यो हटेको बताए ।
 
ओलीले आगामी वर्ष आर्थिक समृद्धिको प्रस्थान वर्ष भएको पनि बताएका थिए । प्रधानमन्त्री ओलीले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएको र राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण स्थगित भएको विषयमा भने संसदीय दलको बैठकमा केही बताएनन् । बैठकमा सांसदहरूलाई प्रश्न सोध्ने समय दिइएको थिएन ।
 
बैठकमा एमाले उपाध्यक्ष भीम रावलले नीति तथा कार्यक्रम सांसदहरूसँग छलफल नगरी ल्याएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए । उनले सांसदहरुसँग छलफल गरेको भए त्यसले सरकार र प्रधानमन्त्रीलाई समेत सहयोग पुग्ने धारणा राखेका थिए । उनले अहिलेको नीति कार्यक्रम लागू हुँदैन भनी प्रतिपक्षले गरेको टिप्पणीको कुनै अर्थ नभएको बताएका थिए । रावलले प्रतिपक्षसमेत यो नीति कार्यक्रमका पक्षमा आउने दाबी गरेका थिए ।
 
बैठकमा नीति तथा कार्यक्रमबारे छलफल गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा र पूर्वउपाध्यक्ष डा। दिनेशचन्द्र देवकोटालाई समेत बोलाइएको थियो । उनीहरू दुवैले अहिलेको नीति कार्यक्रम समाजवाद उन्मुख भएको भन्दै सांसदहरूलाई प्रस्ट्याएका थिए । ( बालकुमार नेपाल , अन्नपूर्ण पोस्टबाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget