Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

भूकम्पपीडितको त्रिपाल अझै भन्सारमा



नेपालगन्ज , वैशाख २८ गते  भूकम्प गएको एक वर्ष भयो तर भूकम्पपीडितका लागि आएको त्रिपाल अझै नेपालगन्ज भंसार कार्यालयमा नै थन्किएको छ । भूकम्पपीडितको राहतका लागि भारतबाट ल्याइएको उक्त त्रिपाल कुनै पनि संघसंस्थाले नलगेपछि नेपालगन्ज भन्सार कार्यालयले जफत गरेको थियो ।
 
त्रिपाल दी जाने गुडअल इन्टिच्युट नेपाल नामक संस्थाले गत असारमा ल्याएर राखेको थियो । भन्सार छुट अवधि सकिएपछि ल्याइएका कारणले तत्काल उक्त त्रिपाल भूकम्पग्रस्त क्षेत्र पुग्न नसकेपछि नेपालगन्ज भन्सार कार्यालयमा नै राखिएको थियो । संस्थाले छुट अवधि सकिएपछि ल्याइएको त्रिपालको भन्सार छुटको लागि सरकारसँग अनुरोध नगरेको र लामो समयसम्म भन्सार महशुलसमेत तिरेर नलगेका कारण २ हजार थान त्रिपाल जफत गरिएको भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए ।
 
भूकम्पपीडितका लागि ल्याइएको त्रिपालमा भन्सार छुटका लागि संस्थाले नेपाल सरकारलाई निवेदन दिन इन्कार गरेको भंसार कार्यालयले जनाएको छ । ‘भूकम्पपीडितका लागि ल्याएको भन्नुहुन्छ, भन्सार छुटका लागि सरकारलाई पत्राचार गर्नुहोस् भन्ने सुझाव दियांै तर संस्थाले मानेन', भन्सार प्रमुख हमालले भने ।
 
भन्सार प्रमुख हमालका अनुसार सस्थाले भन्सार, भ्याट, राजस्वलगायत केही पनि तिर्न नमिल्ने र नसक्ने भन्ने निवेदन भन्सार कार्यालयलाई दिएको छ । सोही निवेदनपछि त्रिपाल जफत गरिएको प्रमुख हमालले बताए । ह्युम्यान सोसाइटी इन्टरनेसनल नामक जनावरको क्षेत्रमा काम गर्ने संस्थाको मातहातमा रहेको दी जाने गुडअल इन्स्टिच्युट नेपाल काठमाडौंले असारमा नै ल्याएर त्रिपाल भन्सारमा राखेको हो ।
 
राहतका लागि आएको सामग्रीका लागि नयाँ निर्णय भएर नआएमा लिलामको प्रक्रिया थाल्नेसमेत भन्सार प्रमुख हमालले बताए । ‘राहतका लागि आएका सामग्रीका लागि नयाँ निर्णय हुँदैछ भन्ने सुनेको छु, नयाँ निर्णय भयो भने त्यहीअनुसार हुन्छ, नत्र लिलाम प्रक्रिया थालिने छ', भन्सार प्रमुख हमालले भने । उक्र त्रिपाल जनावरका लागि प्रयोग हुनसक्ने भन्सार कार्यालयले जनाएको छ ।
सुरेन्द्र काफ्ले , अन्नपूर्ण पोस्टबाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget