Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

वैद्य माओवादी विभाजनतर्फ

   काठमाडौँ, बैसाख २८ गते  ।   मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) फुट्ने पक्कापक्की भएको छ । वैद्यले चैत २७ गते एक महिनाको लागि भन्दै स्थगित गरेको केन्द्रीय समिति बैठक फेरि अर्को एक महिना पन्छाएपछि महासचिव रामबहादुर थापाको समूहले मंगलबार दिउँसो १ बजे बुद्धनगरस्थित नेवा: राज्य समिति कार्यालयमा समानान्तर केन्द्रीय समिति बैठक आयोजना गर्न लागेको हो । 

थापा समूहको उच्च स्रोतका अनुसार सोही केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादीसँग एकताको निर्णय लिनेछ ।
वैद्य माओवादीको पछिल्लो बैठकको मूख्य एजेन्डा नै एमाओवादीसँग एकता थियो । चैत ११ देखि सुरु केन्द्रीय समिति बैठकमा १ सय ९९ मध्ये बहुमत सदस्य पार्टी एकताको पक्षमा देखिएपछि दबाबमा परेका वैद्यले चैत २७ गते एक महिनाका लागि बैठक नै स्थगित गरेका थिए । एमाओवादीसग पार्टी एकताका पक्षमा लबिङ गर्दै आएका महासचिव थापाले मंगलबार बस्ने गरी त्यसको अर्को साता केन्द्रीय समिति बैठक घोषणा गरे । वैद्यले भने जेठ १ गते बस्नेगरी बैठक डाकेका छन् । थापा समूहले आफूहरुसग सल्लाह नगरी बोलाइएको उक्त बैठक ‘वैद्य समूहको मात्रै हुने’ तर्क गरेको छ ।
त्यसो त थापाले अध्यक्ष वैद्यलाई पनि बैठकमा निम्ता गरेका छन्, चिठी पठाएरै । मंगलबार कुपन्डोलमा बस्ने बैठकको अध्यक्षता नै गर्न वैद्यलाई पत्रमा आग्रह गरिएको प्रवक्ता पम्फा भूसालले बताइन् । ‘यसबारे किरण (वैद्य) कमरेडसँग कुरा पनि भइसकेको छ,’ उनले भनिन् ।
तर वैद्यले भने थापाको बैठकमा जानेलाई कारबाही दिने चेतावनी दिँदै सबै केन्द्रीय सदस्यलाई सर्कुलर जारी गरेका छन् । एकता चाहने केन्द्रीय नेताले मंगलबारको बैठक स्थगित गर्ने गरी वैद्य र थापालाई सोमबार पार्टी मूख्यालय बुद्धनगरमा भेट गराउन कोसिस गर्‍यो । वैद्य नआएपछि उक्त प्रयास पनि असफल भएको छ ।
थापा समूहले आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य रहेको दाबी गरेको छ । ‘त्यसका दुई आधार छन्, एक, चैतको बैठकमा उपस्थित १ सय ९४ मध्ये सदस्यमध्ये बहुमत सदस्यले पार्टी एकताका पक्षमा विचार राखेका थिए, दुई, भोलिको बैठकमा हुने उपस्थिति,’ थापा समूहका नेता लेखनाथ न्यौपानेले कान्तिपुरलाई बताए । हाल वैद्यतर्फ नेताहरु सिपी गजुरेल, इन्द्रमणी सिग्देल, हरिभक्त कडेल, परि थापा, दिनेश शर्मालगायत छन् । थापातर्फ हितमान शाक्य, देव गुरुङ, पम्फा भुसाल, कुलप्रसाद केसी, न्यौपाने, सूर्य सुवेदी, महेश्वर दाहाल, साबित्री काफ्ले, पूर्ण घर्ती, अमृता थापालगायत छन् । तटस्थ मत निर्णायक हुने अपेक्षा दुवै पक्षको छ । कतिपय केन्द्रीय सदस्यले भने मंगलबारको बैठकमा उपस्थित हुन नसक्ने बताए पनि एकता प्रक्रियामा सहभागी हुने आश्वासन दिएका न्यौपानेले दाबी गरे ।
पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादीबाट चार वर्षअघि फुटेको यो दल यसबीच तीन पल्ट फुटिसकेको छ । दोस्रो संविधानसभा चुनाव भारतको इशारामा भएको दाबी गर्दै आएको क्रान्तिकारी माओवादी गत असोजमा संविधान निर्माणका क्रममा एमाओवादीले अडान लिएपछि भने वैद्यमाथि संविधानलाई हेर्ने दृष्टिकोणमा वस्तुगत हुन नसकेको भन्दै आलोचना हुदै आएको थियो । २०७० को संविधान सभा चुनाव बहिष्कार गरेको वैद्य माओवादीभित्र संविधानलाई हेर्ने बारे हाल दुई चिरा देखिएको छ । पहिलो संविधानसभा भंग भएपछि २०७० असार ४ गते वैद्यसहित नेताहरु एमाओवादी परित्याग गरेका थिए ।

  • कान्तिपुर समाचार बाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget