Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

भारतको इसारामा चल्ने काम बन्द गर्नुपर्छ

जुम्ला , बैसाख २८ गते  ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्वायत्तता र विकेन्द्रीकरण बिना कर्णालीको विकास हुन नसक्ने बताएका छन् । कर्णालीका कार्यकर्तासंगको भेटघाटमा जुम्ला पुग्नुभएका अध्यक्ष बिजुक्छेले ‘चीनबारे हाम्रो विचार’ नामक पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा यो कुरा बताए । 



उनले भने, केन्द्रले लादेका योजनाअनुसार काम गर्दा कर्णाली पछि परेको हो । राज्यले यहाँको खास आवश्यकता, हावापानी, माटो, भूगोल र हिमाली भेकको अनुकूलित आर्थिक वर्षसँग अहिले पनि चासो दिएको छैन, जसको कारण यस क्षेत्रको दीर्घकालीन विकासमा नकारात्मक प्रभाव परेको छ, उनले थपे । अध्यक्ष बिजुक्छेले पछिल्लो चरणमा विकास निर्माणका लागि छुट्याएको रकम दलले खाने गरेको आरोप लगाउँदै आफ्ना कार्यकर्तालाई कमिसन, घुसखोरी र भ्रष्टाचारमा संलग्न नहुन निर्देशन दिए। त्यसैगरी, उनले देशको कूटनीतिक मर्यादा विपरीत क्रियाकलाप गर्ने भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई कारबाही गर्नुपर्ने धारणा राखे ।

राजदूत कुनै पार्टीको कार्यकर्ता नभई नेपालको प्रतिनिधि भएकाले सरकारको कामलाई भारतका उच्च अधिकारीसामु पु¥याउनु हो, पार्टीको अभिव्यक्ति नभई सिङ्गो नेपाली जनताको भावना बोल्न सक्नुपर्छ, उनले भने । अध्यक्ष बिजुक्छेले एक अर्को प्रसङ्गमा नाकाबन्दीको सम्पूर्ण जिम्मेवारी मधेसवादी दलले लिनुपर्ने बताए । उनले नेता नेपालको बनेर भारतको इसारामा चल्ने काम बन्द गर्नुपर्छ भने ।

 मधेसवादी दलले नाकाबन्दी र आन्दोलनका नाममा भ्रष्टचारी र कालोबजारीलाई संरक्षण गरेको भन्दै यस्ता कुकृत्य विरुद्ध जनता एक भएर लाग्नुपर्नेमा जोड दिए । मूलतः मधेसवादी दलका कारण देशको अर्थतन्त्र धरासायी बन्न पुगेको उहाँको दोषारोपण थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget