Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

पानामा पेपर्समा ७ नेपालीको नाम सार्वजनिक , महतो देखि चौधरी सम्म



काठमाडौ , वैशाख २८ गते । पानामा पेपर्सले सोमबार राति सार्वजनिक गरेको अफसोर कम्पनी भएका सात नेपालीको नाम सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय खोज पत्रकार समुह (आइसिआइजे) ले सार्वजनिक गरेको दोस्रो चरणको नामावली सूचीमा नेपालका उपेन्द्र महतो, अरूणकुमार चौधरी, सुभांश कुमार चौधरी, करन कुमार चौधरी, शिला चौधरी, उमा देवी सिंहानिया र नवयुग डोल्माको नाम सार्वजनिक गरिएको छ ।

पनामा पेपर्सले सार्वजनिक गरेका नेपालीहरुको सूचिमा गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोदेखि चौधरी ग्रुपका अरुणकुमार चौधरीसम्म परेका छन् ।

पेपर्समा जनाइए अनुसार महातोले ब्रिटिश भर्जिन आइल्यान्डमा दर्ता गरिएका दुई कम्पनी मार्फत ट्याक्स हेभेनमा खाता खोलेका थिए ।

यस्तै चौधरी ग्रुपका अरुणकुमार चौधरीले उसाइन लिमिटेडमा सेयर होल्ड गरेको तथ्य पनामा पेपर्सले सार्वजनिक गरेको छ । सोही कम्पनीमा शीला चौधरी, करणकुमार चौधरी र सर्वशकुमार चौधरी पनि सेयर होल्डर रहेको जनाइएको छ ।

पनामा पेपर्सले सार्वजनिक गरेको उक्त तथ्य अनुसार सो कम्पनी ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता भएको देखाइएको छ भने ठेगना भने बेलायतमा राखिएको छ ।

यसैगरी चौधरीको घर दक्षिण अफ्रिकामा रहेको देखाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget