Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

डेनमार्कको स्थानीय निर्वाचनमा नेपाली उमेदवार

कोपनहेगन , बैसाख ३० गते ।  आगामी वर्ष सन् २०१७ को नोभेम्बर महिनामा हुने स्थानीय निर्वाचनमा कोपनहेगनको ‘नर्थवेस्ट’ क्षत्रबाट नेपाली हरिप्रसाद न्यौपानेले उम्मेदवारी दिने पक्कापक्की भएको छ । उनी डेनमार्कको संसदको सबैभन्दा ठूलो पार्टी सोसल डेमोक्र्याटको तर्फबाट स्थानीय निर्वाचनमा सो क्षत्रबाट उठ्ने छन् ।

सन् २००८ मा विधार्थीको रुपमा डेनमार्क आएका न्यौपाने स्नातकोत्तर अध्ययन  पश्चात स्थानीय राजनीतिमा लागेका थिए । सोहि नर्थवेस्ट  क्षत्रबाट सक्रिय रुपमा राजनीतिमा लागेका उनी  छोटो समयमा पार्टीको राजनीतिमा माथि पुग्ने पहिलो नेपाली पनि हुन् ।
अघिल्लो वर्ष सम्पन्न राष्ट्रिय निर्वाचनमा सोहि क्षेत्रबाट निर्वाचनमा उठेका सोसल डेमोक्र्याटका उम्मेदवारलाइ सघाउन प्रचार प्रसारमा खटेका थिए ।
त्यसबखत नेपालीहरुलाई स्वयंसेवकको रुपमा परिचालन गरेर राम्रो भूमिका निर्वाह गरेका न्यौपानेले बहुसंख्यक नेपाली र विदेशीहरुको समर्थन प्राप्त देखिन्छ । धेरै नेपालीहरुको बसोबास रहेको क्षत्र रहेकोले पनि उनी निर्वाचनको लागि उत्साहित देखिएका छन् ।
नर्थवेस्ट क्षत्र धेरै नेपालीहरुको बसोबास भएको क्षत्र हो । डेनमार्कमा जुनसुकै भिसामा बसेको ३ वर्ष भएपछि स्थानीय निर्वाचनमा मतदान दिन पाइन्छ । स्थानिय निर्वाचनमा मतदान गर्नको लागि स्थानीय नागरिकता प्राप्त गरेको हुनु पर्दैन । राष्ट्रिय निर्वाचनमा मतदान गर्न मात्र यहींको नागरिकता हुनु पर्दछ । यो कारणले न्यौपानेलाइ निकै फाइदा पुग्ने देखिन्छ ।
डेनमार्कमा नेपालीहरुको आगमनको इतिहाँस त्यती लामो छैन । विधार्थीको रुपमा सन् २००२ पछि मात्र नेपालीहरु आउन थालेका थिए । करीब तीन हजारको हाराहारीमा डेनमार्कमा नेपालीहरु छन् । यी मध्य हाल धेरैले स्थायी बसोबासको अनुमती प्राप्त गरिसकेका छन् भने यहिँको नागरिकता लिने क्रम बिस्तारै बढदो छ । नियमनमा कडाइका कारण पछिल्लो पटक नेपालीहरुको आगमन संख्या घट्दो रुपमा रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget