Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

लागुऔषध सहित पाँच जना पक्राउ




चितवन , वैशाख ३० गते । जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषधसहित पाँच जनालाई विभिन्न मितिमा पक्राउ गरेको छ।


​पक्राउ पर्नेहरुमा भरतपुर उपमहानगरपालिका ९ बस्ने २८ वर्षीय अशोक प्रकाश थापामगर, वडा नं १२ बस्ने २८ वर्षीया रचन कार्की र सोही स्थानका २३ वर्षीय शम्भु बिक छन्।

उनीहरुलाई लागुऔषध नाइट्राजेपाम–५०० ट्याबलेट, गाँजा एक किलो ५३० ग्राम, स्पास्मो प्रोक्सीभोन १५२ क्याप्सुल र कोरेक्स जस्तो देखिने तरल वस्तु चार लिटरसहित भरतपुर–८ सल्यानी टोलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

त्यसैगरी भरतपुर–१० बाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा साविक मेघौली गाविस–८ बस्ने २५ वर्षीय विनोद चौधरी र सोही स्थान बस्ने २५ वर्षीय सुमन गुरुङ छन्। उनीहरुको साथबाट डाइजेपाम १८ एम्पुल, ब्रुफिनर्फिन १८ एम्पुल, फेनारगन १८ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए। रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget