Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

साथीको हत्या गर्ने मजदूर पक्राउ

काठमाडौँ, बैसाख ३० गते । सँगै मजदूरी गर्ने क्रममा विवाद भएपछि साथीको हत्या गरेर फरार भएकामध्ये एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा छेपेटार घर भइ काठमाडौंको ताराकेश्वर नगरपालिका क्षेत्रमा घर बनाउने काम गर्दै आएका श्याम बहादुर मगरको शव तारकेश्वर ९ पृथ्वीटोलस्थित कमेरे खोलामा धारिलो हतियार प्रयोग गरेर मारेको अवस्थामा गत वैशाख १० गते भेटिएको थियो ।
घटनामा संग्लग्न ३ मध्ये रसुवा भोर्ले ३ इर्स्यु घर भएका ४६ बर्षीय कृष्ण बहादुर बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
गत वैशाख २ गते माछापोखरी चोकमा चिनजान भएपछि कृष्णले श्यामलाई काममा लगाएका थिए । सुरुमा कृष्णले दैनिक ज्याला १२०० दिने भनेको तर ठेकेदारले ११०० मात्रै दिएका थिए ।
६ दिन काम गरेर ज्याला बुझेपछि बेलुकी आरोपी कृष्णकै निवासमा रक्सी खाएर बाहिरिएका मृतक श्याम ज्यालामा चित्त नबुझेको भन्दै बाहिरिएका थिए । तर आरोपी कृष्ण सहितको तीन जनाको टोलीले पिच्छा गर्दै उनको हत्या गरेको प्रहरीको प्राम्भिक अनुसन्धानबाट पुष्टि गरेको छ ।
प्रहरीले हत्यामा कृष्ण, ठेकेदार र उनका भान्जा मिलेर हत्या गरेको बताएको छ । हत्यामा संग्लग्न अन्य दुईको खोजी भइरहेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget