Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

अरबबाट आएको जलवाष्पका कारण मौसममा बदली, दुई दिनसम्म पानी पर्ने



 काठमाडौ , वैशाख २९ गते  । अरब सागरबाट आएको जलवाष्पयुक्त हावा नेपालको हावाको सम्मिश्रणका कारण मौसममा परिवर्तन देखा परेको छ।

उक्त वायुको प्रभावले देशभर बदली हुनुका साथै अधिकांश भेगमा मेघ गर्जनसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् शान्ति कँडेलका अनुसार बदलीसँगै मेघ गर्जनसहित बर्सात हुने क्रम अझै दुई दिन जारी रहने र शुक्रबारदेखि मौसममा क्रमिक सुधार आउनेछ।

खासगरी अहिले ‘प्रि मनसुन’ सक्रिय भएकाले पनि देशका विभिन्न भागमा वर्षा भएको मौसमविद् कँडेलले बताइन्। मार्च, अप्रिल र मे प्रि मनसुनको अवधि भए पनि यसपटक ढिलो गरी सक्रिय भएको हो।

महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी ताप्लेजुङ्मा २७ र सबैभन्दा कम सिमारा र भैरहवामा १–१ मिलिमिटर वर्षा भएको छ। त्यस्तै धनगढीमा १८, नेपालगन्जमा १७, ओखलढुङ्गामा १७ र दाङमा १५ मिलिमिटर वर्षा भएको छ।

आज सबैभन्दा बढी तापक्रम सिमारामा ३८.८ र भैरहवामा ३८.२, विराटनगरमा ३६.८ र नेपालगन्जमा ३६.८ रहेको छ भने सबैभन्दा कम जुम्लामा ७ डिग्री सेल्सियस छ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ र अधिकतम तापक्रम २९.८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ। रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget