Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

चुनाव गर्न एन्फालाई फिफाको निर्देशन



काठमाडौं, वैशाख २८ गते । निलम्बनमा परेका चार जना पदाधिकारीलाई पुनर्वहाली गर्दै चुनाव गर्न अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले  अखिल नेपाल फुटबल संघ एन्फालाई निर्देशन दिएको ।
एन्फामा अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अभियोगमा फिफाले गएको कात्तिकमा १० बर्षको प्रतिबन्ध र २० हजार स्वीस फ्रयांक जरिवाना गरेको थियो । अध्यक्ष थापा प्रतिबन्धमा परेपछि मनोनित उपाध्यक्ष नरेन्द्र श्रेष्ठले एन्फाको कार्यवाहक अध्यक्षको रुपमा काम गर्दै आएका छन् । 
फिफाको अनुसन्धान समितिले लगाएको प्रतिबन्ध पुनरावलोकनका लागि थापाले गरेको अपिललाई फिफाले खारेज गरिसकेको छ । त्यसैले फिफाले पत्र पठाउँदै चुनाव गर्न निर्देशन दिएको एन्फाले जनाएको छ ।
फिफाले कारवाहीमा परेका ४ जना पदाधिकारीलाई बहाल गर्न पनि भनेको छ । एन्फाको कार्यशैलीप्रति असन्तुष्टि रहँदै विद्रोहमा उत्रिएका उपाध्यक्षहरु कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकजविक्रम नेम्बाङलाई एन्फाले निलम्बन गरेको थियो । उनीहरुलाई मे २५ तारिखभित्र पुनर्वहाली गर्न फिफाले भनेको छ ।
उनीहरुले अध्यक्ष थापामाथि आर्थिक अनियमतिता गरेको आरोप लगाउँदै संसदको सार्वजनिक लेखा समिति, युवा तथा खेलकुद मन्त्रालय, अख्तियार अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी गरेका  थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget