Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

अमेरिकामा नेपाली मुलका ४ खेलाडीले कराँतेमा जिते २ स्वर्णसहित ६ पदक

काठमाडौं, वैशाख २२ । अमेरिकामा भएको रक्की माउन्टेन अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपाली मुलका चार खेलाडीले दुई स्वर्णसहित ६ पदक जितेका छन् ।

कराँते स्कूल इन्टरनेशनल मार्शलआर्ट एसोसिएसन न्युयोर्कको तर्फबाट कोलोराडोको लइजभिलमा भएको २१ औं रक्की माउन्टेन च्याम्पियनसिपमा न्युयोर्कमा बस्दैका आएका नेपालीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा सहभागी पर्खी राई, नेभिन लामा, रोशन प्रधान र फुन्छोक ह्योल्मोले दुई स्वर्ण, एक काश्य तथा तीन रजत गरी जम्मा ६ पदक जितेका हुन् ।
कराँते प्रशिक्षक शान्त थोकरद्वारा सञ्चालित कराँते स्कूलको तर्फबाट उनीहरु प्रतियोगितामा सहभागी भएका थिए ।
पर्खी राईले ३५ वर्षभन्दा माथिको एडभान्स डिभिजनको व्यक्तिग काता तर्फ स्वर्ण, फुन्छोक टासी ह्योल्मोले ११ वर्ष उमेर समूहको नोभिस डिभिजनको व्यक्तिगत कातामा स्वर्ण र कुमितेमा काश्य पदक जितेका हुन् । यस्तै टिम कुमिने तर्फ नेभिन लामा, रोशन प्रधान र फुन्छोक टासी ह्योल्मोले रजत पदक जितेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget