Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ बढायो


काठमाडौं, वैशाख २२ गते ।  नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा लोडसेडिङको समय बढाएको छ । प्राधिकरणले यसअघि दैनिक भइरहेको समयमा थप एक/दुई घण्टा अघोषित रुपमा लोडसेडिङ बढेको हो । सोमबारदेखि लोडसेडिङ बढेपनि प्राधिकरणले नयाँ तालिका सार्वजनिक गरेको छैन । अघोषित रुपमा लोडसेडिङ बढ्दा उपभोक्तालाई सास्ती भएको छ । सुख्खा र खडेरीले नदीमा पानीको सतह घटेको र तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दा विद्युतको उत्पादन र वितरणमा भार परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिले तराईका जिल्लालाई लक्षित गरी विद्युत वितरण त्यसतर्फ बढाइएको छ । हिउँ पग्लन सुरु भएको भन्दै यही महिनादेखि लोडसेडिङ घटाउने तयारी गरे पनि खडेरीले थप समस्या भएको प्राधिकारणको भनाई छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget