Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

ब्लड प्रेसर लो छ ? भए अपनाइहाल्नुहोस् ५ उपाय



शरीर स्वस्थ राख्न मुटु स्वस्थ हुनु जरुरी हुन्छ । तर, आजकाल अनियमित खानपान र अस्वस्थ दिनचर्याका कारण उच्च वा न्युन रक्तचापको समस्या दिनहुँ बढ्दो छ । शरीरमा रक्तप्रवाह सामान्यभन्दा कम हुन्छ भने त्यसलाई न्युन रक्तचाप भनिन्छ । सामान्यतः ब्लडप्रेसर १२०÷८० हुन्छ । ९० भन्दा कम हुनुलाई लो ब्लडप्रेसर भनिन्छ । यसलाई गम्भीर रुपले नलिइ यसको असर शरीरको अर्को अंगमा पनि पर्न सक्छ । शरीरमा ब्लडको दबाब कम हुँदा आवश्यक अंगसम्म पूरा ब्लड पुग्न पाउँदैन, जसबाट ती अंगको कार्यसन्चालनमा बाधा पुग्छ । यस्तो अवस्थामा मुटु, मिर्गौला, कलेजो र दिमागले आंशिक रुप या पूरै काम गर्न बन्द गर्न पनि सक्छ । त्यसैले लो ब्लड प्रेसरको समस्यालाई बेलैमा समाधान गर्नुपर्छ ।
१. नुन पानी पिउने
लो ब्लड प्रेसरमा नुनपानीले महत्वपूर्ण काम गर्छ । यसले ब्लड प्रेसर सामान्य पार्छ । नुनमा हुने सोडियमले प्रेसर बढाँउछ । स्वास्थ्यमा थप असर नपर्ने गरी नुन प्रयोग गर्नुपर्छ । धेरै नुन स्वास्थ्यका लागि फाइदाजनक हुँदैंन । लो ब्लड प्रेसरमा एक गिलास पानीमा एक चम्चा नुन मिसाएर पिउन सकिन्छ ।
३. क्याफिनको सेवन
कफी पनि तत्काल लो ब्लड प्रेसर हटाउने मुख्य उपाय हो । ब्लड प्रेसर कम हुँदा स्ट्रङ कफी, हट चकलेट, कोला र क्याफिनयुक्त खाद्यपदार्थको सेवन गर्न सकिन्छ । जसबाट रक्तचाप सामान्य हुन्छ । यदि सधैं लो ब्लड प्रेसर छ भने दिनहुँ बिहान एक कफ कफी पिउनु राम्रो हुन्छ । तर ध्यान दिनुहोस्, कफीसंगै अरु केही कुरा खानुपर्छ ।
३. किसमिस खाने
किसमिसलाई पारम्परिक आयुर्वेदिक औषधिको रुपमा लिइन्छ । लो ब्लड प्रेसर हुँदा राती ३० देखि ४० वटा किसमिसलाई पानीमा भिजाई बिहान खाली पेटमा खानुपर्छ । किसमिस भिजाएको पानी पनि पिउन सकिन्छ । यसका अलावा एक गिलास दुधमा ४–५ वटा देशी बदाम, २० वटा जति बदाम र १५ वटा जति किसमिस मिसाउन सकिन्छ । यसो गर्दा रक्तचाप सामान्य अवस्थामा आउँछ ।
४. गुणकारी हुन्छ तुलसी
तुलसीले रक्तचापलाई सामान्य बनाउन मद्धत गर्छ । यसमा भिटामिन सी, पोटासियम, म्याग्नेसियमजस्ता कयौं तत्व हुन्छन्, जसले दिमागलाई सन्तुलिन राख्छन् र तनाव पनि हटाउन मद्धत गर्छन् । जुसमा तुलसीका १० देखि १५ वटा पात राख्ने, एक चम्चा मह मिसाउने र दैनिक बिहान खालीपेटमा खानाले रक्तचाप सामान्य अवस्थामा आउछन  ।
५. कागतीको रस
कागतीको रस उच्च तथा न्युन रक्तचाप सबैमा फाइदाजनक हुन्छ ।  डिहाइड्रेसनको समस्यामा पनि यो निकै उपयोगी हुन्छ । कागती जुसमा हल्का नुन र चिनी राखेर पिउनाले इनर्जी प्राप्त हुन्छ  । साथै कलेजोले पनि सही काम गर्न मद्धत गर्छ ।
–एजेन्सी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget