१। पेटका लागि रामवाण
थोरै आँपको पातलाई तातोपानीमा राख्नुस् र कुनै भाँडोले ढाकी रातभर छाडिदिनुुस् । अर्को दिनपानी छानेर खाली पेटमा पिउनुस् । यसलाई नियमित सेवन गर्नाले पेटको सबै खराब चिज बाहिर निस्कन्छ र पेटको कुनै समस्या हुनेछैन ।
२। बाडुली र घाँटीको समस्याबाट छुटकारा
यदि बाडुली लागिरहेको छ या घाँटीको कुनै समस्या छ भने थोरै नरम पातलाई जलाउनुस् र त्यसको धुवाँ श्वासमार्फत् भित्रतान्नुस् समस्या समाधान हुन्छ ।
३। कानु दुखाईबाट राहत
आँपको पातको रस निकालेर कान दुखेको ठाउँमा लगाउने हो भने दुखाई बन्द हुन्छ । रसलाई लगाउनुअघि हल्का तातो पार्न नभुल्नुस् ।
४। गलब्लाडल र किड्नी स्टोनबाट बचाउछ
दैनिक आँपको पातको पाउडर पानीमा मिसाएर पिउनाले किड्नीको स्टोन हटाउन सकिन्छ । आँपको पातलाई सुकाएर पाउडर बनाउन सकिन्छ ।
५। रक्तचाप घटाउछ
यसमा हाइपोटेन्सिभप्रोपर्टी हुन्छ, जसबाट रक्तचापकमगर्न सकिन्छ । यसले रगतको नसालाई मजबूत बनाउँछ र रगत जम्नबाट समेत बचाउँछ ।
६। दमबाट बचाउँछ
आँपको पातले दमको समस्यालाई समेत नियन्त्रण गर्छ । यो चिनियाँ उपचार पद्धतिमा बढी प्रयोग गरिन्छ । आँपको पातलाई उमालेर काडा बनाएर पनि पिउन सकिन्छ । यसमाहल्का मह पनि मिसाउन सकिन्छ । - स्वास्थ्य खबरपत्रिकाबाट
Post a Comment