Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

स्थानीय निर्वाचन बिथोल्छाैं: यादव



वीरगन्ज, बैसाख २८ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको नीति तथा कार्यक्रममा उल्लेख स्थानीय निकायको निर्वाचन बिथोल्ने घोषणा गरेका छन्।











'संघीयतालाई नै असफल पार्ने उद्देश्यले सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको स्थानीय निकायको निर्वाचन मोर्चाले कुनै पनि हालतमा हुन दिने छैन्,' नेता यादवले मंगलबार विहान वीरगन्जमा पत्रकार सम्मेलन गर्दै भने, 'प्रदेशको अधिकार क्षेत्रभित्र स्थानीय निकाय पर्ने कुरा हो, देश संघीयतामा गइसकेको अवस्थामा प्रदेशको छिनोफानो नभइ स्थानीय निर्वाचन घोषणा षडयन्त्र पूर्ण छ ।'




संघीयतालाई नै असफल पार्न सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गरेको उनले आरोप लगाए। 'सरकार अहिले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितालाई समाप्त पार्न षडयन्त्रमा रहेको देखिएको छ,' यादवले भने, 'राज्य पुर्नसंरचनाले कस्तो प्रकारको स्थानीय निकाय स्थापित गर्ने हो भन्ने तय हुन बाँकी नै छ, यता संघीय गणतन्त्र नेपालमा पञ्चायतकालीन स्वरुपको स्थानीय निकायको निर्वाचनको घोषणा भएको छ।' उनले आफूहरु राज्य पुर्नसंरचना र संविधान पुर्नलेखनको लागि आन्दोलनमा उत्रिएका बताए ।




उनले आफूहरु देशब्यापी र राष्ट्रिय स्तरको आन्दोलनमा होमिएको बेला औचित्य र विश्वसनीयता सकिएको सरकारले वार्ताका लागि पठाएको पत्रले आन्दोलन नरोकिने बताए। उनले वर्ताको लागि पूर्वशर्तको रुपमा विगतका सम्झौता सहमतिको कार्यन्यवन र संविधान पुर्नलेखनको ग्याराण्टी हुनुपर्ने जिकिर गरे। 'यी दुई कुरा नभएको अवस्थामा सरकार माथि विश्वास गर्ने कुनै आधार छैन्,' यादवले भने, 'विगतमा ३६ पटकसम्म वार्ता बस्दा हामीले राखेका एजेण्डामा पनि छलफलमा प्रवेश गर्न नचाहेको सरकारसँग कसरी वर्ता गर्ने?'




अहिलेको सरकारले बजेट खर्च गर्न नसकेको, भ्रष्टाचारलाई बढावा दिएको र कालोवजारी बढेकोले देश आर्थिक संकटमा पुगेको नेता यादवले आरोप लगाए । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका यादवले वर्तमान सरकारका कारण नेपालको बैदेशिक नीति राष्ट्रिय हित बिपरित र बिवादस्पद बनेको भन्दै असन्तोष जनाए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget